होमेन्द्र थापा
बर्दिया जिल्लामा विगतको तुलनामा औलो संक्रमितको संख्या घटदै गएको स्वास्थ्य कार्यालय,बर्दियाले जनाएको छ ।
गत आर्थिक बर्षमा बाँसगढी नगरपालिकामा २ जना, ठाकुरबाबा नगरपालिकामा ३ जना, गलरिया नगरपालिकामा १ जना, गेरुवा गाउँपालिकामा २ जना, बढैयाताल गाउँपालिकामा ४ जना गरी कुल १२ जनामा औलो संक्रमीत पत्ता लागेको थियो । भने यस चालु आर्थिक बर्षमा (साउन देखी चैत्र मसान्त सम्म) गेरुवा गाउँपालिकामा १ जना र गुलरिया नगरपालिकामा ३ जना गरी ४ जना औलोबाट संक्रमीत पत्ता लागेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाको तग्यांकलाई हेर्ने हो भने औलो रोग स्थानीय भन्दा आयतित बढी भएको देखिन्छ । औलो एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट एक मानिसबाट अर्को मानिसमा सर्ने सरुवा रोग हो । औलोले कुनै पनि व्यक्तीलाई छोडदैन । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लामा फाल्सिफारम र भाईभेक्स औलो धेरै देखिने गरेको छ । फाल्सिफारम बढी घातक मानिन्छ । औलोका कारण गम्भिर स्वास्थ्य समस्या हुनुका साथै बिरामीको मृत्युको जोखिम समेत हुने गरेको स्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।
लामखुट्टेबाट मलेरियाका परजीवीहरु स्वास्थ मानिसमा प्रवेश गरेको १०÷१५ दिन पछि मात्रै संक्रमित व्याक्तिमा विभिन्न लक्षणहरु देखिन थाल्छ । टाउको तथा मांसपेशी दुख्नु, थकानको अनुभुती हुनु, दिनदिनै वा दिन विराएर उस्तै समयमा चर्को ज्वरो आउनु, बेलाबेलामा एकदमै जाडो हुनु, शरिरका जोर्नीहरु दुख्नु, कलेजो सुन्निनु वा दुख्नु, वाकवाकी लाग्नु वा वान्ता हुनु लगाएतका सामान्य लक्षणहरु हुन । भने यदी बिरामीमा मानसिक भ्रम देखिनु, बेला बेलामा वेहोश हुनु, पिसाब थोरै लाग्नु वा पिसाबको रंग खैरो हुनु, सास फेर्नमा कठिनाई हुनु र रगत बान्ताहुुनु लगाएतका लक्षणहरु देखिए भने त्यसलाई खतराको संकेत मान्नु पर्छ । समयमै लक्षण देखिएका व्यक्तिले स्वास्थ्य परिक्षण गराई उपचार गराउनु पर्ने चिकित्सकको भनाई रहेको छ ।
यो रोगबाट बच्नको लागि झुलको प्रयोग गर्ने, घरमा जाली ढोका झयाल लगाउने, हात खुट्टा छोपीने गरी पुरा बाहुला भएको लुगा लगाउने, घर बहिर आँगनमा बस्दा लामखुट्टे धपाउने धुप बाल्ने, घर आगान सफा राख्ने, लामखुट्टेले फुल पार्ने स्थानहरुलाई समाप्त पर्ने र ज्वरो आएमा नजिकै स्वास्थ्य संस्थामा चेक जाँच गरी उपचार गराउन चिकित्सकहरुको सुझाव रहेको छ ।
धेरै पढिएका
-
युटर्नको मौरीजन्य खाद्य पौष्टिक आहारबाट लाभ लिदै र जनमानसमा विश्वास बढदै
-
नगरकै लोक प्रिय नेता नेत्र राज आचार्य
-
कर्मचारी उत्प्रेरणाको आवश्यकता, सिद्धान्त, महत्व, उत्प्रेरणाका उपायहरू समेत र नेपालको सन्दर्भ
-
राज्यको विलोपीकरण
-
सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः ईन्दिरा सुबेदी सर्बसहम्मत
-
निषेधाज्ञाका कारण समस्यामा परेकालाइ राहत सहयोग
-
बर्दियामा औलो संक्रमीतको संख्या घटदै
-
पालिकाको स्थापना दिवसमा वृति मार्ग निर्देशन तथा रोजगार मेला
होमेन्द्र थापा
बर्दिया,
ठाकुरबाबा नगरपालिकाको छैठौ स्थापना दिवसमा वृति मार्ग निर्देशन तथा रोजगार मेला सम्पन्न भएको छ ।
ठाकुरबाबा नगरपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, उधोग वाणिज्य संघ, उधोग संगठन, व्यपार संघ र नेपाल सरकार तथा स्वीटजरल्याण्ड सरकारको द्धिपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सिप दोस्रो चरणको सहयोगमा सनीवार १ दिने वृति मार्ग निर्देशन तथा रोजगार मेलाको आयोजना भएको थियो ।“समुन्नत ठाकुरबाबा, सबल नगरबासी” भन्ने मुल नाराको साथ ठाकुरबाबा क्षेत्रका जनशक्तिलाई स्थानीय उधोग /व्यवसाय, बैंकिङ्ग, पर्यटन, होटल व्यवसाय लगाएतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको वृति मार्ग निर्देशन तथा रोजगार मेलाको समुदघाटन लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री जन्मजय तिमिल्सिनाले गर्नु भयो ।
पालिकाको छैठो स्थापना दिवसको अवसरमा वृति मार्ग निर्देशन तथा रोजगार मेला, रक्त दान कार्यक्रम, हाजिरी जवाफ कार्यक्रम, सरसफाई कार्यक्रम र पुर्व जनप्रतिनिधिलाई सम्मान कार्यक्रम लगाएतका कार्यक्रमहरु गरिएको थियो । मेलामा वृति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिईने, सिप मुलक तालिम दिने संस्थाहरुको प्रर्दशनी र तालिम बारे जानकारी दिईने, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादनहरुको प्रदर्शनीको समेत स्टलहरु राखिएको थियो । भने मेलाबाट रोजगारदातालाई आवश्यक्ता अनुसारको जनशक्ति उपलब्ध हुने र रोजगारीको खोजीमा युवाशक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न मद्दत पुग्नेमा आयोजकले विश्वास लिएको छ ।
छैठौं स्थापना दिवस समारोह तथा रोजगार मेला कार्यक्रम ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक राम लम्सालको अध्यक्षतामा भएको थियो । उक्त वृति मार्ग निर्देशन तथा रोजगार मेलालाई लुम्बिनी प्रदेश सभा सदस्य माननीय जन्मजय तिमिल्सिना, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिस्ठ, बर्दियाका विभिन्न पालिकाका प्रमुख वा उप प्रमुखहरु, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संगठनका प्रमुख वा प्रतिनिधी, समाज सेवी बुद्धिजिवीहरु लगाएत सञ्चारकर्मीहरुले समेत अवलोकन गर्नु भएको थियो ।
-
स्थानीय
बर्दिया नागरिक समाज संजालको रणनितिक योजना बारे छलफल सम्पन्न
बर्दिया नागरिक समाज संजालको आगामी रणनितिक योजनाको बारेमा बृहत छलफल भएको छ । नागरिक समाज संजाल बर्दियाका संयोजक हिमा सुनारको अध्यक्षतामा बसेको बैठक तथा रणनितिक आयोजनामा शुक्रबार बृहत छलफल भएको हो । छलफलमा बर्दिया नागरिक समाज संजाललाई कसरी अगाडी बढाउने, आगमी योजनाहरु के कस्ता बनाउने र नागरिक समाजको चुनौतीका बिषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा सहभागीहरुको लामो छलफल पश्चात बर्दिया नागरिक समाज संजालले गरेका कार्यहरुको बारेमा आम नागरिकहरुलाई जानकारी गराउने, लामो सयमदेखी सक्रिय र जिम्मेवारी…
-
स्थानीय
बढैयाताल गाउँपालिकाले फोहोरबाट मोहर कार्यक्रम संचालन गर्ने
बर्दिया, फोहोरबाट मोहर कार्यक्रम संचालन गर्ने बढैयातालको नीति तथा कार्यक्रम रहेको अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भएको छ । बढैयाताल गाउँपालिकाको सनीवार भएको ११औं गाउँसभाको नीति तथा कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले उक्त कुरा बताउनु भएको हो । फोहोरबाट मोहर कार्यक्रम संचालनको लागि प्रत्येक घरमा फोहोरमैलाको वर्गिकरण गरी कम्पोष्ट मल बनाउने तालिम संचालन गर्ने, विभिन्न कारणले मरेका जिवजन्तुको सिनो व्यवस्थापन गर्न कार्यक्रम गरिने, यसै बर्षदेखी फोहोरमैला व्यवस्थापनलाई निजी क्षेत्रको साझेदारीमा संचालन गर्न आवश्यक प्रक्रिया मिलाईने,यसै बर्षदेखी फोहोरमैलामा…