अपराध
आत्महत्याबारे जानौ र रोक्ने प्रयास गरौ ।

डा. अनुपम पोखरेल,डा. अनुपम पोखरेल,आत्महत्या अर्थात् आफैले जानी–जानी गरिने आफ्नै हत्या । छापाहरूमा झण्डै प्रत्येक दिन देखिने पढिने कुरा हो यो । आत्महत्या झ्वाट्ट हर्देा कुनै रोगसंग सम्बन्धित देखिंदैन र यो एक सामाजिक समस्याजस्तो मात्र देखिन्छ । अकालमा हुने मृत्युका कारणहरूमध्ये यो एक प्रमुख माध्यम भएता पनि नेपालमा आत्महत्याको बारेमा निकै कम अध्ययन गरिएको छ । विदेशमा गरिएका विभिन्न अध्ययनहरूले आत्महत्या शारीरिक तथा मानसिक रोगसग प्रत्यक्ष तथा परोक्ष किसिमले सम्बन्धित देखिएको छ । सम्पूर्ण जनसमुदायको झण्डै १ प्रतिशत व्यक्ति आत्महत्याद्वारा मर्दछन् । पश्चिमी मुलुकहरु मा आत्महत्या मृत्युक दश प्रमुख कारणमध्ये मा पदर्छ । भारत आत्महत्या सम्बन्धी अध्ययनमा नेपालभन्दा निकै अगाडि छ । भारतीय अध्ययन अनुसार युवाहरूमा त यो मृत्युका प्रमुख तीन कारणमध्येमा पर्दछ ।किन महत्वपूर्ण छ आत्महत्याको अध्ययन ?आत्महत्याका बारे नेपालमा निकै कम सामग्री भएपनि प्राप्त केहि तथ्यांकहरूबाट केही निष्कर्ष भने निकाल्न सकिन्छ । नेपालमा विगत वर्षहरूमा दर्ता भएका आत्महत्याका संख्यालाइ तुलानात्मक अध्ययन गर्ने हो भने बर्से्नि झण्डै १० प्रतिशतको हिसाबले आत्महत्या बढ्दै गएको पाइन्छ । यहाँ मनन गर्नुपर्ने तथ्य के पनि छ भने थुप्रै आत्महत्या का घटनाहरु आत्महत्याको रुप मा दर्ता नभई दुर्घटना या अन्य कुनै शारीरिक समस्या के मृत्यु भएको भनि दर्ता हुन्छन ।निम्न अवस्थाका व्यक्तिहरूमा आत्महत्या बढी भएको भारतीय तथ्यांकबाट बुझिन आएको छ।ड्ड पुरुष जातिड्ड ४५ वर्षभन्दा बढी उमेरड्ड अविवाहित, विधुर वा विधुवाड्ड सम्बन्ध विच्छेद भएकोकसरी उल्लेख गरिएको छ आत्महत्यालाई ?नेपालमा आत्महत्यालाई पुलिस हेडक्वार्टरद्वारा संकलित तथ्यांकमा अपराध अन्तर्गत उल्लेख गरिएको छ र आत्महत्यालाई हत्या र अन्य अपराधहरूकै श्रेणीमा राखिएको छ । पश्चिमी मुलुकहरूमा भने आत्महत्यालाई ल्बतष्यलब िज्भबतिज च्भअयचम अन्तर्गत उल्लेख गरिनुबाट हाम्रो पश्चिमी समुदायहरूको आत्महत्याप्रतिको दृष्टिकोण नै फरक रहेको कुरा स्पष्ट हुन्छ । नेपालमा अझै पनि नेपाल मा स्वास्थ मन्त्रालयले आत्महत्या को आंकडा नराख्नु ले नेपाल को स्वास्थ को नीति निर्माता हरुमा यस गम्भीर बिषय को अज्ञानता या उदासिनता रहेको बुझिन्छ ।किशोरावस्था र आत्महत्याआत्महत्या किशोरावस्थामा हुने मृत्युका कारणमध्ये तेस्रोमा पर्दछ । प्रायजसो घटनाहरूमा केटाहरू नै आत्महत्याका शिकार भएको पाइएको छ । आत्महत्याको प्रयासमा अस्पतालमा भर्ना हुन पुगेका युवाहरूमध्ये प्रत्येक १२ पुरुषमा १ पुरुष मर्दछन भने आत्महत्या को प्रयास गर्ने ३०० महिला मा १ मर्दछन। यसबाट पुरुषहरू आत्महत्याको क्रममा बढी कठोर साधनको प्रयोग गर्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।कसरी गरिन्छ धेरैजसो आत्महत्या ?नेपाल मा आत्महत्या गर्नेहरु प्राय झुण्डिएर मर्ने गरेको देखिएको छ । पश्चिमी मुलुकहरूमा भने विष्फोटक हतियारको प्रयोगद्वारा ७० प्रतिशतभन्दा बढी आत्महत्या हुने गर्दछन् ।
नेपालमा विगत वर्षहरूमा दर्ता भएका आत्महत्याका संख्यालाइ तुलानात्मक अध्ययन गर्ने हो भने बर्से्नि झण्डै १० प्रतिशतको हिसाबले आत्महत्या बढ्दै गएको पाइन्छ । यहाँ मनन गर्नुपर्ने तथ्य के पनि छ भने थुप्रै आत्महत्या का घटनाहरु आत्महत्याको रुप मा दर्ता नभई दुर्घटना या अन्य कुनै शारीरिक समस्या के मृत्यु भएको भनि दर्ता हुन्छन ।
पुरुषहरू आत्महत्याको क्रममा बढी कठोर तरिकाको प्रयोग गर्दछन – जस्तै झुण्डिने, हतियार को प्रयोग गर्ने । महिलाहरू भने प्राय विष सेवन गर्ने, पानीमा डुब्ने जस्ता तरिकाको प्रयोग गर्छन ।समाजशास्त्र र आत्महत्याआत्महत्यालाई विभिन्न विधाबाट विभिन्न दृष्टिकोणले हेरिन्छ । सामाजिक, धार्मिक, कानुनी र स्वास्थ्यसम्बन्धी दृष्टिकोणहरू आत्महत्यालाई अलगअलग ढङ्गले व्याख्या गर्दछन् । आत्महत्याप्रतिको कानुनी दृष्टिकोण माथि नै वर्णन गरिसकिएको छ । विभिन्न धर्महरू आत्महत्यालाई पापको पनि संज्ञा दिन्छन् । समाजशास्त्रीहरूले पनि आत्महत्याको बारेमा अध्ययन गरेका छन् । विगत शताब्दीमा समाजशास्त्री दुर्खाइमले आत्महत्याको सामाजिक सिद्धान्तको प्रतिपादन गरे । उनका अनुसार मानिसहरू विभिन्न कारणले आत्महत्या गर्दछन् । उनले आफु आफ्नो सामाजिक समूहसंग संलग्नता नभएको अनुभव गर्ने मानिसहरूमा आत्महत्या सम्भावना बढी हुने देखे । समाजमा एउटा निश्चित सामूहिक नियम नभएको अवस्थामा (संक्रमणकालमा गुज्रिरहेको समाजमा) पनि आत्महत्या बढी हुने भेटियो ।मानसिक रोग र आत्महत्याआत्महत्यालाई मूलतः एक सामाजिक समस्याको रूपमा पहिले धेरैले हेरे पनि हाल आएर यो समस्याका अन्य पक्षहरू पनि देखिंदै आएका छन् । कडा मानसिक रोगबाट पीडित व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढ्ने विभिन्न तथ्यांकबाट स्पष्ट भइसकेको छ ।डिप्रेसनडिप्रेसनद्वारा ग्रस्त १५ देखि २० प्रतिशत व्यक्तिहरू आत्महत्याद्वारा मर्दछन् । यो सामान्य जनसमुदायको भन्दा १० देखि १५ गुणा बढी दर हो । डिप्रेसन द्वारा पीडित व्यक्तिहरूमा सुरुमा मन दिक्क हुने, काम गर्न जागर नलाग्ने, बढी थकावट महसुस हुने, मनमा नकारात्मक विचारहरू आइरहने र यस्तो अवस्था सुरुमै नियन्त्रण नभएमा समस्या बढ्दै गएर जीवनको अर्थ नै नरहेको जस्तो लाग्ने, आफु मरेपनि हुन्थ्यो जस्तो लाग्ने, र अझै रोग छिपिदै गएमा अन्त्यमा आत्महत्यासम्म पुग्न सक्ने हुन्छ।स्क्रिजोफ्रेनियात्यस्तै स्क्रिजोफ्रेनिया तथा अन्य पागलपनद्वारा ग्रसित व्यक्तिहरू पागलपनको असरले आफूले थाहा नै नपाई आफ्नो ज्यान जोखिम मा पार्न सक्दछ । केहि पागलनपका बिरामीहरू मृत्यु वरण गर्न प्रेरित गर्ने आवाजहरू आएर पनि आत्महत्या गर्ने हुन्छन । यस्ता बिरामीहरू पागलपनको उपचारपश्चात् आफुमा पागलपनजस्तो रोग लागेको जानकारी भएपछि हीनताबोधको कारणले आत्महत्या गर्ने पनि हनु सक्दछन।आत्तिने रोगआत्तिने रोगहरूबाट ग्रसित व्यक्तिहरू पनि रोगको कारणले दिक्क भएर आत्महत्या गर्ने हनु सक्दछ । तर यस रागे को कारणले आत्महत्या गर्नेहरु को प्रतिशत भने निकै कम देखिएको छ।व्यक्तित्व सम्बन्धी समस्याहरूदैनिक जीवनका विभिन्न गतिविधिलाई नकारात्मक किसिमले असर गर्ने बानी तथा व्यवहारहरू भएकाहरु व्यक्तित्वसम्बन्धी समस्याहरूले ग्रसित हुन सक्दछन । असामाजिक व्यक्तित्व तथा आवेशमा आउने व्यक्तित्व भएका मानिसहरूमा आत्महत्या गर्ने सम्भावना बढी पाइएको छ। जब पीडा व्यक्तिको बहन गर्ने क्षमता भन्दा बढी हुन्छ, आत्महत्याको सम्भावना पनि बढ्दै जान्छ।लागू पदार्थ र आत्महत्याहाम्रो समाजमा सबैभन्दा प्रचुर मात्रामा सेवन गरिने मादक पदार्थ रक्सी हो । रक्सी सेवन गर्ने बानि परेका व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढ्छ । तर यस समस्याको व्यापकताको कारणले कूल आत्महत्याको ३३ प्रतिशत घटना रक्सी सेवनसग सम्बन्धित पाइएको छ ।
आत्महत्या मात्र समस्याको समाधान होइन, आत्महत्या वाहेक अरूपनि समस्याका निदान छन् भनेर उक्त व्यक्तिलाई मायालु वातावरणमा सम्झाउनु पर्दछ ।