सम्पादकिय

आसावादी जनता र राजापुरको लालपुर्जा ।

गत सुक्रबार राजापुर पुग्नु भएको भुमिसुधारमन्त्रीबाट अब केही समय भित्र नै राजापुर वासीको लागि जसरी भएपनि लालपुर्जा दिलाउने भने पछि राजापुरवासीमा आसाका किरण छाएको छ । बिगत लगभग ७० बर्ष देखी राजापुर वासीले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाउने धेरै चुनौती र कठिनाईका साथ कयौपटक राजाधानीको ढोका ढकढकाउदा पनि आसोशन बाहेक केही पाउन सकिरहेका थिएन । लाखौ करोडौ पर्ने घर जग्गा भएपनि कारोवारगर्न लालपुर्जा नहुँदा जिरो रुपैया बराबर रहेकोमा अब आफ्नै घरको दाजु भाई भुमिसुधारमन्त्री हुँदा गदगद भएका राजापुरबासीको मुहारमा फेरी केही आसाका किरणहरु छाएको पाईन्छ ।
हुन त सबै प्रक्रिया पुरा भई लालपुर्जा बितरण हुने समयमा कुनै कसैबाट स्वबासी रहेको जग्गालाई बालबिटौरीकोहो भनी मुद्धा हालेपछि रोकीएको लालपुर्जा बितरण कार्यलाई नगरपालिका देखी सबै तर्फबाट पनि स्वबासीकै जग्गा हो भनीएको र हाल फेसला भइसक्दा पनि दुर्भाग्य नै भनौ हाल सम्म राजापुरवासीले लालपुर्जा पाउन सकिरहेका छैन । देशमा जनताको नयाँ सबिधान निर्माण भईसकेर काम सुरु हुन गइरहेको समयमा राजापुरबाासीले लगभग ७० बर्ष देखी लालपुर्जा नपाउनु कस्तो दुभाग्य नै हो भनौ । जनतामा के हामी राजापुरको १८ बिग्गा क्षेत्रफलमा बस्ने नागरिक नेपाली हौइनौ त हो भने खै त हामो जमिन माथीको अधिकार जस्ता प्रश्न हरु उठाउने गरेकोपाईन्छ ।
जनताको पक्षमा सधै वकालत गर्न र जनताको काममा सधै लागि पर्न तयार रहेका राजापुर ३जोतपुर निवासी भुमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितलाई राजापुरवासीले भुमिसुधारमन्त्री पाउदा ढुगा खोज्दा देउता नै पाएको महसुस गरेका छन । सुक्रबार राजापुरवासीको पिडामा मलमपट्टि लगाउन पुग्नु भएका मन्त्री दहितले आफु कुनै पाटी प्रति पुर्वाग्रह नराखी जनताको लागि नै काम गरी देखाउने र छिटो भन्दा छिटो आफैनै पालोमा राजापुरवासीलाई लालपुर्जा बितरण गरी छाड्ने बताएका थिए । राजापुरमात्रै नभएर बर्दियामा रहेका भुमिका समस्याहरुलाई के कसरी समाधान गर्नसकिन्छ त्यस बिषयमा लागि परेको बताउदै मन्त्री दहितले म छिटोकाम गर्न खोजी रहेको छुत्यसमा सबैले मलाई साथ दिनुहोस मन्त्रीदहितले बताएका बताए ।
अन्यमा सायद अब चाडैनै राजापुरवासीले लालपुर्जा पाउने छ । भने राजापुर क्षेत्र कैइतिहासमा त्यो क्षणलाई सुनौलो अक्षरले अंकित गरीने छ । राजापुरवासीको तर्फबाट मन्त्री दहितको कार्यकाल सफलताको शुभ कामना ब्यक्ति गर्न चाहन्छौ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button