चराको बथान झै ंकहिले कहाँ त कहिले कहाँ बसाइ सथ्र्याै फुलपतीको परिवार । आफ्नो घरनै नभएपछि घरको ठेगान पनि कहाँ भन्नु ? फुलपतीले आफ्नो बिगत उप्काउनु भयो । परिवारैकमैया । बच्चा जन्माउनु पनि जमिन्दारकै लागि । दगुर्ने भयो की छोरा छोरी कमैया बसाईहाल्नु पर्ने । १५ बर्ष पहिले धनगढी नगरपालिका वडा नं. ११ मनो हराकी फुलपती देबी चौधरी (४५बर्षको नियती थियो । सपना थियो एउटा घर, गरी खान पुग्ने इलम, अनी परिवारसँगै बसे र सुख दुख साटन पाउने समय ।
त्यसकै लागि फुलपती जस्तै धेरैै कमैया, कमैया मुक्तिको नारा लगाउन जान्थे । तर फुलपतीलाई आफ्नै जीवन जोडी सँग सुख दुख साटने समय हुँदै नथ्यो । कहाँको आन्दो लनमा जानु । फुलपती आफ्नो रामकहानी सुनाउनु हुन्छ । फुलपतीले रेडियोमा कमैया मुक्तिका कुरा गरेको सुन्नु हुन्थ्यो । तर उनका मालिकले कमैया मुक्तिको कुरा सुन्नासाथ रेडियो बन्दगरिदिन्थे । सुन्दा सुन्दैको प्रीय कुृरा सुन्न नपाउँदा फुलपतीको मनकुँडिन्थ्यो । तर के गर्नु लाज छोप्न एकसरो कपडा किन्न नसक्नेले रेडियो कसरी किन्नु । फुलपती भित्रभित्रै मुर्मुरिनु हुन्थ्यो । छिमेकीले समेत आफुलाई कमैया मुक्ति बारे जानकारी नदिएको दुखेसो पोख्नु हुन्छ फुलपती । २०५७ सालमा कमैया मुक्ति भएपछि फुलपतीको परिवार पिजडाबाट निस्केको चरा जस्तै स्वतन्त्र भयो । तर चराकोजस्तो मान्छेको जीवन हुँदोरहेनछ । बर्षे झरी र हिंउँदे जाडो झेल्दाको भुक्तमान सुनाउनु हुन्छ फुलपती । १२ बर्ष पछि खोला फर्किन्छ भने झै अहिले फुलपतीको चोला फेरिएको छ । बिगतमा अरूकालागि मात्रैकाम गर्ने उनको परिवार अहिले आफ्नै लागि काम गर्न पाउँदा खुशी छ । आफ्नो काम गर्दाको मज्जा नैबेग्लै । दिन बितेको पत्तै हुँदैन । अनि परिवारसँग दिनभरीको कामका बारे मा बात मार्न पाउँदा त थकाइ पनि र्बििर्सन्छ । फुलपती खुशी साटनु हुन्छ ।फुलपतीले अहिले घरमै किराना पसल खोल्नु भएको छ । किरानाका सँगै माछा, मासु कटिङ गरे र बिक्री पनि गर्नुहुन्छ । एउटी छोरीकालागि धनगढी बजारमा व्युटी पार्लर खोली दिनु भएको छ भने अर्की छोरीलेकाठमाण्डौमा सिलाई गर्छीन । उनका श्रीमान बिश्राम नयाँ ट्रयाक्टर निकाले र व्यवसाय गरी रहेका छन् ।हात हातमा सीप अनी हात हातमा काम । केही बर्ष पहिले सम्म दुई छाक जोहो गर्न मुस्किल पर्ने उनको परिवारले अहिले राम्रो कमाई गर्न सफल भएको छ । महिनामा रु. १० हजार देखि सीजनमा त रु. ४०हजार सम्म बचत गर्न सफल भएको बताउनु हुन्छ फुलपती । युनिकको महिला केन्द्रबाट ऋण लिएर ट्रयाक्टर किने पछि उनीहरूको आम्दानी झनै बढेको छ । अब कुखुरा फर्म खोल्ने र ठूलो ट्रयाक्टर किन्ने योजना रहेकोखुशखबरी सुनाउनु भयो फुलपतीले । फुलपतीको सपना पूरा होस हाम्रो पनि शुभकामना ।