राज्य बाटैपछाडी पदै आइरहेको बर्दिया जिल्ला त्यसमा पनि क्षेत्र नं. ४ आफैमा पिडाको खानी नै भन्नु पर्छ , राज्यबाटै सौतेनी व्यहोरा पाउदै आइरहेका बर्दिया क्षेत्र नं. ४को समस्या दजनौ भए पनि प्रमुख रुपमा १ हुलाकी मार्गको बाटो २ राजापुर बजारदर्ता , ३ टेलिकमको सेवा सुबिधा कटौती ४ अस्पतालको व्यवस्था हुन नसक्नु ५ नदी कूलाकोपानीबाट कटान तथा ढूवान ६बन्य जन्तुको पिडा लगायत प्रमुख समस्याहरुलाई राज्यसंचालन गर्ने नेता तथा मन्त्रीहरुबाट राजापुर पूग्ने क्रममा र केन्द्रमा डेलिकेशन गएको समयमा सम्बोधन गरी चाडैनै पुरा गर्न आश्वसन दिने गरेको भएपनि खै त पुरा हुन सकेको ? किन बर्दियाली जताहरुलाई झुक्काउने काम गरीदैछ । राज्यबाट ?
बर्षादको समयमा आवत जावत गर्ने र केन्द्र देखी गाउ बस्ती सँग जाड्नेमाध्यम भनेको नै बाटो हो बाटो नै छैन भने जनताले कसरी विकासको अनुभूति गर्न विकासको लागी प्रमुख बाटो नै चाहिन्छ तर पिच बनाउन सिल्यान्यास गरेको १ बर्ष बिती सक्दा पनि पिचको त परै जाहोस गुणस्तरीय ग्राईबेल बाटो सम्म पनि बन्न सकिरहेको छैन किन यसमा कस्को लापवाही हो त ? सुन्न आउछ ठेक्का भइ सक्यो अब चाडै नै काम सुरु हुन्छ यो कुरा सुन्न आएको ४÷५ महीना भइसक्यो तर कुनैपनि कामको सुरुवात नै भएको देखिदैनन कही दिन अगाढी आएको बाढी तथा बर्षादकोपानीले हुलाकी मार्गमा धान रोपे राम्रो उब्जनी हुने झै हिलाम्य बाटो भएको छ त्यसकोपिडा बाटोमा हिड्डूल गर्ने यात्री, बस तथा ट्रक एम्बुलेन्स चालक मोटसाईकल चालकहरुलाई नै थाहा होला ।
यस बाटो बिशेष गरी राजापुर नगरपालिका र गेरुवा गाउ पालिकाका जनताहरुको लागि अति आवश्यक भएको हुँदा राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका जन प्रतिनिधी तथा अन्य सरोकारवालाहरुले यस बिषयमा आवाज उठाउन जरुरी छ ।