स्थानीय

टेलिकमले सेवा सुबिधा कटौती गर्दा जनता मर्कामा

गत श्रावण महीना देखि राजापुरमा नेपाल टेलिकमको सेवामा सेवा सुबिधा कटौतीहरु भएको हँुदा जनता मर्कामा परेका छन् । स्थानीय तहको निर्वाचन सगँ सगै नेपाल टेलिकम राजापुर कार्यालयबाट संचालन भइरहेको सिम बितरण,नयाँ टेलिफोन जडान लगायत अति आवश्यक बिल भुक्तानीका कामहरु कटौती हुँदा स्थानिय स्थानिय स्तरमा संचालित सरकारी गैरसरकारी सघ संस्थाहरुले बिल भुक्तानी गर्ने जिल्ला गुलरिया वा कैलालीको टिकापुर धाउनु पर्ने नयाँ समस्या सृजना भएको छ राजापुरबाट सेवा सुबिधा कटौती गर्दा स्थानीयवासीहरुले सिम लिन पनि दुःख झेल्नु परेको छ । राजापुर नगरपालिकामा नयाँ टेलिफोन जडानको लागि सेवाहरु बन्द हँुदा मेयरको कक्षमा नयाँ टेलिफोन समेत जडान हुन पाएको छैन । राजापुर नगरपालिकाका मेयर शिबप्रसाद चौधरीले जनताको यस समस्यालाई तत्काल निवारण गर्ने सम्बन्धित कार्यालयहरुमा पत्रचार गरिसकेको बताउनु भयो भने दिदी बहिनी कृषि सहकारी सस्था लि.राजापुरमा जडान भएको ईन्टरनेट सुबिधा (एडिसीएल)को बिल सधै समयमा नै हुने बिल भुक्तानी हुने गरेको भएपनि अहिले सुबिधाहरु कटौटी हुँदा ५ दिन पछि कैलालीको टिकापुर गएर बिल भुक्तानी गर्नु परेको थियो ।

एक जना काम नखुलाउने कुनै एक कार्यालयका प्रमुखले हसि मजाकमा आफनो गुनासो यसरी पोख्दै थिए “अन्य ठाँउहरुमा नेपाल टेलिकमले सेवा विस्तार गरेको खबर सुन्छि तर राजापुरमा भने कटौती किन ? हामीलाई काम गर्ने टेलिकमको बिल भुक्तानी तथा नयाँ सुबिधा लिन गुलरिया नै जानु पर्ने यो कस्तो समस्या

लेखा परिक्षणले बिल पास गर्दा टेलिकमकै बिल माग्ने भएकोले हुदाँ रिचार्जकाडलाई मान्यता नदिने भएकोले पनि नेपाल टेलिकम कै कार्यालय पुगि भुक्तानी गर्ने पर्ने हुन्छ । यो समस्या दिदी बहीनी कृषी सहकारी को मात्र नभएर राजापुरमा स्थापित नेपाल टेलिकमको सेवा लिने अधिकाशको यस्तै समस्या रहेको छ । एक जना काम नखुलाउने कुनै एक कार्यालयका प्रमुखले हसि मजाकमा आफनो गुनासो यसरी पोख्दै थिए “अन्य ठाँउहरुमा नेपाल टेलिकमले सेवा विस्तार गरेको खबर सुन्छि तर राजापुरमा भने कटौती किन ? हामीलाई काम गर्ने टेलिकमको बिल भुक्तानी तथा नयाँ सुबिधा लिन गुलरिया नै जानु पर्ने यो कस्तो समस्या आइ प¥यो भन्ने त सिहदरवारको अधिकार अब स्थानीय तहमा भने पनि त्यो त कुरा मात्र पो रहेछ । भएको अधिकार पनि कटौती हुने यो कस्तो नियम ? उनको यो मजाकमा सत्यता रहेको पाईन्छ । यसै समस्यालाई लिएर स्थानीयवासी तथा सेवा ग्राही टंकनाथ दाहालको नेतृत्वमा सम्बन्धित निकाएमा ध्यान गराउने र तत्लकाल नै सो समस्याका लागि संचारमन्त्रीलाई ईलाका प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र पठाईएको छ भने त्यस्तै गेरुवा गाउपालिका संचालन भइसकेको भएपनि टेलिफोन तथा इन्टरनेटको सुबिधा नहुँदा कामहरु प्रभाबित भइरहेको गेरुवा गाउपालिकाका कार्यकारी अधिकृत भिम बहादुर खत्रीले बताउदै यस तर्फ सम्बन्धित नेपाल टेलिकम तथा सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको बताए । नेपाल टेलिकमले राजापुरबाट सेवा सुबिधा कटौती गरे पछि स्थानीयवासी तथा सेवाग्राहीहरुलाई टेलिफोन ईन्टरनेटको बिल बुझाउन सदरमुकाम गुलरिया जानु पर्ने भएको र हराएको सिम तथा नया सिम , नया टेलिफोन नयाँ ईन्टरनेट जडान लगायत टेलिकम सम्बन्धिकामको लागि गुलरिया जानु पर्ने समस्या आई परेको छ । जनताले हिजोका दिनमा नापी तथा मालपोतका कामहरुको लागि गुलरिया जानु पर्ने थियो अहिले राजापुरमा स्थापना पछि केहि राहत पाएका जनताहरलाई फेरी यो समस्या थपिएको छ । अब यो समस्याबाट केहीले पाउला त राहत ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button