स्वास्थ्य
दशैमा मासु कति र ,कसरी खाने ?
धादिङ–असोज २८,दसैं आयो खाउँला, पिउँला ‘ ।’खाएर रमाइलो गर्ने चाडका रुपमा दसैंलाई लिइन्छ । सामान्यतया दसैंमा अरु बेलाभन्दा बढी मासु खाइन्छ । हिजोआज धेरैले मासुसँग मदिरा पनि पिउँछन् । मासुलाई पोसिलो र स्वस्थकर खानेकुराका रुपमा लिइन्छ । १ सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन ४ देखि ५ ग्राम चिल्लो पदार्थ, १ देखि १ दशमलव ५ ग्राम खनिज पदार्थ, ६० ग्राम पानी तथा भिटामिन ए, बी, सी आदि पाइन्छ । त्यसैले दैनिक ३० देखि ५० ग्राम मासु खानुलाई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक भनिन्छ । तर मासु खाएकै कारण बिरामी पनि पर्न सकिन्छ । नियमित रुपमा मासु खाने व्यक्तिमा मोटोपनको समस्याका साथ उच्च रक्तचाप, मुटु रोग तथा आन्द्रा र कलेजोमा खराबी पनि हुन सक्छ । दसैंको तीन–चार दिन मासु खाँदैमा मुटु, मृगौला अनि अन्य दीर्घकालीन रोग लाग्ने सम्भावना हुँदैन तर यस किसिमका रोगीलाई भने थप असर पर्न सक्छ । त्यस्तै अस्वस्थ्य र असुरक्षित मासु एक पटक खाए पनि त्यसले विभिन्न सरुवा रोग लगाउन सक्छ । मासुमा विभिन्न किसिमका जुकाका अण्डा, जुकाका भाग, सूक्ष्म परजीवी र मन्द विषादी (फुड पोइजन) हुन सक्छ । यस्ता हानिकारक तङ्खव नष्ट गर्न मासुको भण्डारण र पकाउने तरिकामा ध्यान दिनुपर्छ । रोगबाट बच्न सबैभन्दा पहिले स्वस्थ खसी छान्नुपर्छ । दुब्लो, मरन्च्यासे, थकित देखिने, पखाला चलेको तथा बिरामी खसी कहिल्यै रोज्नु हुदैन । राम्रोसँग पकाए मासुमा रहेका हानिकारक जीवाणु नष्ट हुन्छन् तर कम पकाएको मासुमा त्यस्ता जीवाणु रहिरहन्छन् जसले रोगी बनाउन सक्छ । धेरै मोटो तथा बोसो भएको खसी पनि रोज्नु हुँदैन । धेरै मोटो खसीमा ३० प्रतिशतसम्म बोसो हुन सक्ने भएकाले त्यस्तो मासुले पाचनक्रिया, मुटु तथा दीर्घरोगीहरुमा प्रतिकूल असर गर्छ । खसी मार हान्ने वा मासु तयार गर्ने ठाउँको सफाइमा पनि ध्यान पु(याउनुपर्छ । यस्तो ठाउँ सतह मिलेको, जमिनलाई नछोएको तथा सफा गर्न मिल्ने हुनुपर्छ ।
धेरै मोटो खसीमा ३० प्रतिशतसम्म बोसो हुन सक्ने भएकाले त्यस्तो मासुले पाचनक्रिया, मुटु तथा दीर्घरोगीहरुमा प्रतिकूल असर गर्छ । खसी मार हान्ने वा मासु तयार गर्ने ठाउँको सफाइमा पनि ध्यान पु(याउनुपर्छ ।
सामान्यतया खसीको मासु पखाल्ने चलन छैन तर मासुलाई सफा पानीले पखाल्नु राम्रो हुन्छ । धेरै परजीवी बस्ने ठाउँ तथा आन्द्राको सफाइमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै छालाको बाहिरी तहमा भएका रौंका जरामा विभिन्न हानिकारक तङ्खव तथा फन्जाइहरु हुन सक्छन् । त्यसैले छालाको सफाइमा पनि पर्याप्त ध्यान दिनुपर्छ । छालाको तल्लो सतहमा पातलो बोसोको तह हुन्छ । त्यसमा कोलेस्ट्रोल (एक किसिमको चिल्लो पदार्थ बढी हुने भएकाले मोटा मानिसले छाला खानु हुँदैन । दसैंको मासु एकै दिनमा सकिँदैन । त्यसैले मासुलाई भण्डार गर्नैपर्छ । मासु चुलोको छेउमा झुन्ड्याएर राख्ने चलन छ । मासुलाई पाँच डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्छ । त्यसैले भए फ्रिजमा नभए झिँगा नभन्किने, मुसा नलाग्ने, सुख्खा तर चिसो ठाउँमा राख्नुपर्छ । कलेजो, मुटु, फोक्सो जस्ता नरम मासु भण्डार गर्न सुख्खा बनाउनुपर्छ । अन्यथा लामो समय भण्डारण गर्नु हुँदैन । धेरैलाई मासु खाएपछि पखाला लाग्छ कि भन्ने चिन्ता हुन्छ । तर मासु सजिलै पच्ने खानेकुरा हो । त्यसैले मासु खाएर पखाला चल्ने अथवा अपच हुने हुँदैन । मासुमा धेरै तेल, मसला प्रयोग गरियो, मासु अस्वस्थ र असुरक्षित छ भने पेटको गडबडी हुन सक्छ । त्यसैले धेरै चिल्लो, मसालेदार मासुको परिकार बनाउनु वा धेरै फ्राई गर्नु राम्रो होइन । अत्यधिक मात्रामा मासु, अचार तथा चिल्लो–पिरो र त्यसमाथि मद्यपानका कारण पेट ढाडिन, दुख्न, अपच हुन, मुखमा अमिलो पानी आउन तथा कसैकसैलाई पखाला लाग्न सक्छ । बालबालिका, युवा तथा वयस्कले जति मासु खाए पनि चिन्ता गर्नु पर्दैन । तर वृद्धहरुको पाचनप्रणाली केही कमजोर हुने भएकाले छाला एवं बोसोरहित मासु राम्रोसँग पकाएर खान दिनुपर्छ । उनीहरुलाई बढी मसलेदार तथा चिल्लो नबनाई सादा र सामान्यभन्दा बढी पकाएर खुवाउनुपर्छ ।
धेरैलाई मासु खाएपछि पखाला लाग्छ कि भन्ने चिन्ता हुन्छ । तर मासु सजिलै पच्ने खानेकुरा हो । त्यसैले मासु खाएर पखाला चल्ने अथवा अपच हुने हुँदैन । मासुमा धेरै तेल, मसला प्रयोग गरियो, मासु अस्वस्थ र असुरक्षित छ भने पेटको गडबडी हुन सक्छ । त्यसैले धेरै चिल्लो, मसालेदार मासुको परिकार बनाउनु वा धेरै फ्राई गर्नु राम्रो होइन ।