कृषि

धान खेती प्रविधि ।

परिचय ः
धान प्रमुख खाद्यान्न बाली हो । पहाड र तराईमा यसको खेती वर्षायाममा गरिन्छ । तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा चैते धान पनि लगाउने गरिन्छ । उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ । धान विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात् तीन अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार नै धान हो । एशियाली मुलुकहरूलाई त धानको बास्केट नै मानिन्छ । किनभने ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत पनि एशियाली मुलुकमा नै हुने गरेको छ । विश्वमा जति धान उत्पादन हुन्छ त्यसको ६÷७ प्रतिशत मात्र बिक्री वितरणका लागि बजारमा जान्छ ।
उच्च पहाडी क्षेत्रमा ः माछापुच्छे«, छोमरुङ, जुम्ली मार्सी
पहाडी क्षेत्रमा ः खुमल–४, खुमल–६, खुमल–७, खुमल–८, खुमल–१०, खुमल–११
तराई क्षेत्रमा : राधा–४, विन्देश्वरी, हर्दिनाथ–१, सावित्री, मकवानपुर–१, सुख्खा धान–१, २ र ३, सावासब–१, स्वर्णसब–१
बीऊदर: उन्नत जातको बीऊ प्रतिरोपनी २.५ केजी, प्रति कठ्ठा १.७ केजी, वर्णशंकर जातको बीऊ प्रति रोपनी ७५० ग्राम, प्रति कठ्ठा ५०० ग्राम मिलाएर छर्नु पर्दछ ।
बीऊ उपचारः
बेभिस्टीन २ ग्राम प्रतिकेजी । बीऊलाई २४ घण्टा पानीमा भिजाउने र ४८ घण्टा बोरामा राखी टुसाउने । बीऊलाई धुलो वा हिले ब्याडमा छरी बेर्ना तयार गर्ने । बेर्नाको उमेर २०–२५ दिनको बेर्ना सार्नको लागि उपयुक्त हुन्छ । बेर्नामा ४ पात लागेको हुनुपर्छ ।
जमिनको तयारी ः
रोपाईं गर्नुभन्दा १ हप्ता अगाडि काल्ला खुर्कने, आली लगाउने र मुसाका प्वाल टाल्ने । गह्रामा पानी जमाएर झारपात कुहाउने । जमिनमा पानी लगाइ दुई पटक राम्रोसँग जोतेर हिल्याउने र पाटा लगाइ सम्याउने । तयारी जमिनमा चारदेखि पाँच सेमीसम्म पानी जमाउने ।
रोपाईं गर्ने प्रविधि ः
पंक्तिको दूरी २० सेमी (एक वित्ता) र बोटको दूरी २० सेमी राख्ने । वर्णशंकर जात ३० सेमी लाइन र २५ सेमी बोटको दूरीमा लगाउने । उन्नत जातको लागि एक ठाउँमा दुईदेखि तीन बेर्ना रोप्ने । वर्णशंकर जातको लागि एक ठाउँमा १ बेर्ना रोप्ने ।
रोपाईं गर्दा ३ सेमी भन्दा गहिरो नरोप्ने । गहिरो रोपेमा गाँज हाल्न ढिलो हुन्छ । छरुवा विधिबाट समेत धान खेती गर्न सकिन्छ । यो विधिमा वैशाख र जेठ महिनामा पाँच केजी प्रति रोपनी वा ३.३ केजी प्रति कठ्ठा बीऊ छर्नुपर्ने हुन्छ । यो विधिबाट खेती गर्दा झारपात नियन्त्रण गर्न अति आवश्यक हुन्छ ।
मलखाद ः

तराई क्षेत्रमा : राधा–४, विन्देश्वरी, हर्दिनाथ–१, सावित्री, मकवानपुर–१, सुख्खा धान–१, २ र ३, सावासब–१, स्वर्णसब–१
बीऊदर: उन्नत जातको बीऊ प्रतिरोपनी २.५ केजी, प्रति कठ्ठा १.७ केजी, वर्णशंकर जातको बीऊ प्रति रोपनी ७५० ग्राम, प्रति कठ्ठा ५०० ग्राम मिलाएर छर्नु पर्दछ ।

रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र धानको जातमा भर पर्दछ । उन्नत जातको लागि सिफारिस मलखादको मात्रा । वर्णशंकर जातको धान लगाउँदा उन्नत जातको भन्दा डेढ गुणा बढीको दरले मलखाद तथा रासायनिक मलको प्रयोग गर्नुपर्छ । मलखाद व्यवस्थापन धानबालीमा मलको प्रयोग गर्दा स्थानीय स्रोतको परिचालनमा हरियो मल (सकेसम्म कोशेबाली), एजोला, गोठेमल, कम्पोष्ट मल, पिना, ब्लुग्रिन एल्गी आदि प्रयोगमा ल्याउन सक्दछौं । यी मलहरू प्रयोग गरेपछि नपुग मात्रा मात्र रासायनिक मलको रूपमा दिनु पर्दछ । धानबालीको लागि रासायनिक सलको सिफारिस मात्रा १००–३०–३० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर सिंचित क्षेत्रको लागि छ भने असिंचित क्षेत्रको लागि ६०–२०–२० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर छ । धान बालीमा जिंक तŒवको कमी प्रायः देशभरी नै देखिएको छ ।
प्लास्ट रोग ः
यो रोगको लक्षण स्वरूप पातहरूमा दुबै छेउतिर चुच्चिएका अडाकारका थोर्लाहरू देखा पर्दछन् । यी थोप्लाहरू खैरो रङ्गको हुन्छन् र थोपलाको बीचमा सेतो बिन्दु हुन्छ । बाला मुन्तिरको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् । व्यवस्थापन रोग अवरोधक जातको खेती गर्न । स्याडमा यो रोग लागेमा हिनोसान १ मिलिलिटर १ ग्राम प्रति लिटर पानीका दरले मिलाई स्याडमा राम्ररी छर्न । बोट गजाइ रहेको बेला हिनोसान १.५ मिलिलिटर २ ग्राम प्रतिलिटर पानीका दरले १०–१२ दिनको फरकमा दुईपटक राम्ररी छर्ने । स्याक्टेरियल लिफ प्लाइट लक्षण पातको किनाराबाट लामो पहेंलो वा खैरो रङ्गका धर्साहरू देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्दछ । व्यवस्थापन सिफारिस अनुसार नाइट्रोजन मल दिने । रोग लागेको खेतमा केही दिन पानी सुकाइदिने । एग्रिमाइसिन १०० को ०.२५ ग्राम प्रति लिटर पानीमा मिसाएर त्यो झोलमा बीऊलाई ३० मिनेटसम्म डुबाएर बीऊ उपचार गर्ने । खैरो थोप्ले रोग लक्षण पात वा धानका गेडामा स–साना गोलाकार वा लाम्चा खैरा थाप्लाहरू देखिन्छन् । व्यवस्थापन खेतमा रोगी बोटका ठुटाहरू र अन्य झारपात नष्ट गर्न । उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्न । मेन्कोजेव डाइथेन एम–४५ बिषादी तीन ग्राम प्रतिलिटर पानीको दरले मिसाइ १५ दिनको फरकमा तीन पटक छर्कने ।
फेद कुहिने रोग लक्षण खेतमा रोगी विरुवा अग्लो नहुने, पहेंलिने र अन्तमा फेंद कुहिएर मर्दछ । बोटमा तल्लो आँख्लाहरूबाट जरा निस्कन्छन् । व्यवस्थापन रोगी बोट देख्ने बित्तिकै त्यसलाई तुरुन्तै उखेलेर बारीबाट हटाउने वा जलाएर नष्ट गर्न । स्वास्थ्य बीऊको प्रयोग गर्न । डेरोसाल ५० प्रतिशत डब्लु पी बिषादी दुई ग्राम प्रति किलोग्राम बीऊका दरले उपचार गरी प्याड राख्ने । पातको फेद डढुवा रोग लक्षण सुरुमा पातको फेदमा अण्डाकारका खैरा थोप्लाहरू देखा पर्दछन् । थोप्लाहरू बढ्दै गएर काला गिर्खाहरू देखा पछन् । बोटको माथिल्लो भागमा समेत पुगी सुकेर डढेको जस्तो देखिन्छ ।
सिँचाइ तथा निकास ः
बेर्ना रोपेको २०–३० दिन सम्म ४–५ सेमी पानी खेतमा रहनुपर्छ । निकास सुविधा भए १५ दिनको फरकमा ४–५ दिन पानी काटी जमिन सुख्खा राख्दा राम्रो हुन्छ ।
झारपात नियन्त्रण ः
झारपात प्रकृति हेरी बेर्ना सारेको २५ देखि ३० दिनमा पहिलो र ४५ देखि ५५ दिनमा दोस्रो गोलमेल गर्ने, वा झारपात प्रकोप बढी हुने ठाउँमा बेर्ना सारेको ४ दिन भित्र ब्यूटाक्लोर दाना १ केजी २५० ग्राम प्रति रोपनी वा ८०० ग्राम प्रति कठ्ठाका दरले सबै ठाउँमा पर्ने गरी समान रूपले छर्ने, वा छरुवा धानमा झार नियन्त्रण गर्न पेन्डिमेथालिन ३० प्रतिशत रासायनिक विषादी ४ मिली प्रति लिटर पानीमा मिसाइ १ रोपनीमा ३० लिटर (प्रति कठ्ठा २० लिटर) का दरले रोपेको तीन दिन भित्र छर्ने । रोपुवा धानमा ब्युटाल्कोर ५० इसी रासायनिक विषादी १.५ जिली प्रति लिटर पानीमा २५ लिटर झोल मिसाएर प्रति रोपनी (प्रति कठ्ठा १६ लिटर) मा तीन दिन भित्र छर्ने ।
बाली काट्ने चुट्ने ः
८०–९० प्रतिशत दाना पाकेको बेला धान काट्दा गेडा झर्ने समस्या हुँदैन । स्थानीय विधि वा थ्रेसर प्रयोग गरी चुट्ने र घाममा राम्ररी सुकाएर सफा गरी भिœयाउने ।
उत्पादन ः
उत्पादन जात, मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ । उन्नत जातको उत्पादन २०० केजी प्रति रोपनी वा १३३ केजी प्रति कठ्ठा । वर्णशंकर जातको उत्पादन ४०० केजी प्रति रोपनी वा २६६ केजी प्रति कठ्ठा ।
स्रोत ः जिल्ला कृषि विकास कार्यालय

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button