सम्पादकिय
प्रंथम नगरसभा,बजारभित्रको बाटो लालपुर्जा
राजापुर नगरपालिका भित्र ७ वटा गाविसहरु जोडर १० वटा वडामा बिभाजन गरी राजापुर नगरपालिका गठन भएको हो । भौरा टापु भनेर चिनिने हालको राजापुर नगरपालिका र गेरुवा गाउपालिका बिगतमा राज्यबाट पछाडि पारिएको भएपनि कोठियाघाट पुल निर्माण सँग सगै केहि बिकासका कामहरु भएपनि तिव्र गति भने लिन सकेको छैन । जनताले आशा गरेका र माग गरेका कामहरुलाई राज्यले पुरा गर्न सकिरहेको थिएन त्यस कामलाई पुरा हुने आसा अब आफैनै जनप्रतिनिधिहरुबाट हुने आशा लिएका जनताको समस्यालाई कसरी सम्बोधन गर्ने हो ? जन प्रतिनिधीहरुले त्यो हेर्ने नै बाँकी छ ।
अब बन्ने निति,कार्यक्रम तथा योजना र नियमहरु जनता प्रति कतिको उत्तरदात्यि हुनेछ जनताप्रतिको मागलाई कसरी सम्बोधन हुने हो र जनताको समस्यालाई कसरी समाधान गरी जाने हो त्यो पनि आगामी दिनमा नै थाहा हुने छ । सन्दर्भ हो राजापुर नगरपालिकाको प्रथम नगर सभा अर्थात बजेट निति तथा कार्यक्रमले राजापुर नगरवासीको समस्यालाई कसरी मलमपट्टीगर्न सक्ने छ, छैन ? अबको कार्यक्रम पछि नै थाहा हुनेछ ।
राजापुर बजार क्षेत्रको गल्ली बाटोमा २६ फुटको बनाउदा आफनो सबै सम्पतिनै नस्ट हुने भयो भन्ने चिन्ता बढ्न थालेका कुरा नगरवासीहरुले नगरप्रमुखलाई ध्यान आक्रषण गराएको थिए ।