कृषि

मजदुरी गर्नेहरुले नै दिन थाले रोजगारी

बाँके नेपालगंजमा ज्याला मजदुरी गर्ने महिलाहरू अहिले अरूलाई ज्यालादारीमा रोजगारी दिन थाले का छन् । युनिक महिला केन्द्रमा आबद्ध भएपछि उनीहरूको यो अवसर जुरेको हो । यस्तै मध्ये की बाँके नेपालगंज नगरपालिका रैठाकी मरिमा दर्जी –(४५ बर्ष एक हुन् । यस अघि उनी र उनका श्रीमान अरूको पसलमा ज्यालादारीमा काम गर्थे । तर मरिमा युनिक केन्द्रमा आबद्ध भएपछि उनले रु. २५ हजार ऋण निकालिन र सिलाई मेसिन किनिन् । त्यसपछि शुरु गरे उनीहरूले आफ्नै सिलाई दुकान र केहीलाई रोजगारी दिन थालेका छन् । अहिले उनीहरूले रैठा गाउँमै सिलाई दुकान खोलेका छन् । पहिलो पटक २५ हजार ऋण लिएर मरिमा दर्जीले सिलाई मेसिन किन्नु भयो । पहिलो ऋण समयमै तिरे पछि फेरी उहाँले पसल संचालन गर्न दोस्रो पटक लिएको रु. २५ हजारले उहाँहरूले पसल बढाउनु भयो । श्रीमतीको प्रयासले आफ्नै पसल खोल्न पाएकोमा मरिमाका श्रीमान साह्रै खुशी हुनुहुन्छ । अरूको मेसीनमा बसे र काम गर्दा एक पीसको जम्मा २० देखि २५ रूपैया मात्र पाइन्थ्यो । दैनिक गुजारा नै चलाउन गाह्रो । बिगत सम्झींदै मरिमाका श्रीमानले दुखे सो पोख्नु भयो । ८÷१० जनाको परिवार मजदुरी गरे र पाल्नै गाहारो । त्यसैले बुढाबुढीले सल्लाह ग¥यौ ं र युनिकबाट ऋण लिएर मेसीन किन्यौ ं । अहिले आफ्नै मेसिन छ केहीलाई रोजगारी पनि दिएका छौ । बुढाबुढी सँगै बसे र काम गर्न पाएका छौ भन्नुहुदै खुशी व्यक्त गर्नु भयो । मरिमाका श्रीमानको बिचारमा श्रीमान श्रीमतीको मायाँलाई गाढा बनाई राख्न एक अर्कांसँग सल्लाह गर्नु पर्छ र सँगै मिले र काम गर्नु पर्छ । त्यसो ग¥यो भने माया बढ्छ, अनी आर्थिक प्रगती पनि हुन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button