मनाेरञ्जन

राजापुरमा आशाको महोत्सव चंगाई कार्यक्रम

बर्दियाको राजापुरमा आयोजना गरिएको आशाको महोत्सव चंगाई कार्यक्रम २०७४ गत बुधबार सकिएको छ । भौराटप्पा इसाई एकता समाजले सञ्चालित महोत्सवको आयोजना गरेको थियो । भौराटप्पा इसाई एकता समाजका अध्यक्ष भागीराम चौधरीको अध्यक्षतामा शुरु महोत्सवको उद्घाटन सत्रको कार्यक्रममा बोल्दै नेकपा एमालेका क्षेत्रिय सभापति पहारी थारुले धार्मिक सद्भाव कायम राख्न सवै एकजुट हुनुपर्ने धारणा राख्नु भएको थियो । नेकपा माओवादी केन्द्रका राजापुरका नगर इन्चार्ज दिपेश थारुले नेपाल धर्म निरपेक्ष राष्ट्र भईसकेको अवस्थामा इसाई धर्मावलम्वीहरुले धर्मको प्रचार मात्रै नगरी स्वरोजगारमुखी कार्यक्रमहरुलाई अघि सार्ने तर्फ आयोजकले ध्यान दिनु पर्ने वताउनु भएको छ । नेपाल लोकतान्त्रि फोरमका जिल्ला सदस्य हरीलाल चौधरीले राज्यले मंदिर मस्जिद गुम्वा र चर्चको संरक्षण गर्नुपर्ने खाँचो औल्याउनु भयो । कार्यक्रममा बोल्दै रेडियो साथीका प्रवन्ध निर्देशक केशव कोइरालाले हरेक जनमनहरुमा अशान्ति छाएकाले आशाको किरण चंगाई महोत्सवले सुख, शान्ति प्रदान गरोस भन्दै महोत्सव हेर्न आएका हरुको उदेश्य पुरा होस भन्ने कामना गर्नु भएको थियो । कार्यक्रममा बोल्दै इलाका प्रहरीकार्यलय राजापुरका प्रहरी निरिक्षक हरीशरण भट्टले शान्तिसुरक्षाका बिषयमा सजग रहेको भन्दै महोत्वस सफलताको कामना गर्नु भयो ।

खिष्टयन समाज टिकापुरका अध्यक्ष हिरा भाटले यस क्षेत्रका सबै राजनीतिक दलहरु सहित यहाँका जनप्रतिनिधि सवैलाई कार्यक्रममा बोलाएको तर नआएको भन्दै इशाई धर्मप्रति हेर्ने दृष्टीकोण फरक नगर्न अनुरोध गर्नु भएको छ ।

खिष्टयन समाज टिकापुरका अध्यक्ष हिरा भाटले यस क्षेत्रका सबै राजनीतिक दलहरु सहित यहाँका जनप्रतिनिधि सवैलाई कार्यक्रममा बोलाएको तर नआएको भन्दै इशाई धर्मप्रति हेर्ने दृष्टीकोण फरक नगर्न अनुरोध गर्नु भएको छ । आइपरेका बेला धार्मिक सहयोग नभई सम्पूर्ण नेपालीहरुको हितमा सहयोग गर्ने भन्दै भाटले इसाइहरु राष्ट्रको गहना भएको वताउनु भएको छ । कार्यक्रममा प्रभु यशुखिष्टको महिमा गुन्जने गित तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बर्दिया आइडल २०७३ कि नृत्यकलाकार सम्झना सुनारका साथै कलाकार गोपाल जिएम्ले प्रस्तुति देखाएका थिए ।कैलाली, बर्दिया, र काठमाडौंका ईसाई धर्मावलम्वीहरुको उपस्थिति रहेको थियो । भौराटप्पा इसाई एकता समाजका उपाध्यक्ष मोहन खत्रीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button