आर्थिक

राजापुर बजारभित्रको बाटोको बिषयलाई लिएर छलफल।

गत आईतबार राजापुर नगरपालिकामा राजापुर बजार भित्रको बाटोहरुलाई फराकिलो बनाउन घरहरु तोडिने भएकोले बजार वासीहरुले नगरपालिका प्रमुख लगायत वडा अध्यक्ष कार्यकारी अधिकृतहरुसगँ छलफल गरी देखिएको समस्यालाई समाधान गर्न अनुरोध गरेका छन् ।
बजारवासीहरुले नगरपालिकाले सुरु गरेको २६ फुटे् बाटोलाई ६ मिटरभित्रै नाला सहितको निधारण गरिनुपर्ने माग राखेका थिए । १८ बिघा क्षेत्रफलमा अस्थाई रुपले बसोबास भएको राजापुर बजारवासीले लामो समय देखि सघर्ष गर्दा पनि जग्गा धनी प्रमाण पत्र (लालपुर्जा पाउन सकिरहेका छैन्न । राजापुरको बिकासका लागि आफु सधै सकारात्मक रहेको वडा नं.४ का वडा अध्यक्ष रमन रेग्मीले बताउदै बाटो निर्माणको काम पहिला देिख नै सुरु भएको त्यस समयमा कतिका घरहरु भत्किसकेको बताउनु भयो । यस कार्यक्रम पहिलो देखि नै सुरु भएको हामीले प्रक्रिया गत रुपले काम सुरु गरेको जसकोलागि व्यापक छलफल पनि गरेको भएपनि म माथि केही व्यक्तिहरुले झुठो आरोपहरु लगाउने गरेका बताउनु भयो । वडा अध्यक्ष रेग्मीले नाला बन्द गरी बाटो मिचेर घर बनाउनेहरुको विषयमा किन बोल्नु हुदैन्न त ? बताउनु भयो ।

राजापुरनगरपालिकाका इन्जिनियर रमेश भण्डारीले नेपाल सरकारको नियम अनुसार नै काम गरेको बताउदै २०७२ सालमा आएको भुकम्प पछि भवन बनाउदा ३० प्रतिशत जग्गा छोडी ७०प्रतिशत भित्र घर बनाउनु पर्ने प्रावधान रहेको बताउनु भयो ।

राजापुरनगरपालिकाका इन्जिनियर रमेश भण्डारीले नेपाल सरकारको नियम अनुसार नै काम गरेको बताउदै २०७२ सालमा आएको भुकम्प पछि भवन बनाउदा ३० प्रतिशत जग्गा छोडी ७०प्रतिशत भित्र घर बनाउनु पर्ने प्रावधान रहेको बताउनु भयो । दिपेश थारुले जब समस्या आउछ तब समाधान निकासको बाटो पनिहुन्छ सर्प पनि मर्ने लाठ्ठी पनि नटुट्ने हिसावले समाधान गर्न तर्फ लाग्नुपर्ने बताउनु भयो ।
नगर प्रमुख शिब प्रसाद चौधरीले राजापुर नगरपालिकालाई व्यवस्थित गरी नमुनाको रुपमा विकास गर्न चाहेकोले भए पनि यस कामको सुरु ७÷८ महिना अगाढी देखी नै हुदै आएको बताउदै हामीले राजापुर वासीलाई दुःख दिन नखाजेको बताउनु भयो । राजापुर वासीको मागलाई नगर कार्यपालीकामा छलफल गरी टुगो लगाउने आश्वासन दिनु भएको थियो । छलफल बैठकमा राजापुर बजार व्यवस्थापन तथा सरसफाई समितिका अध्यक्ष बैधनाथ झा, लगायत राजापुरवासीहरुको व्यापक उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button