अपराध
विकराल बन्दै लागु औषधको नसा ।

वसन्त गौतम
बाँके बर्दियाका प्रहरी हिरासतमा पक्राउ परेका मध्ये झण्डै दुइतिहाई थुनुवाहरु लागु औषध मुद्दाका भेटिन्छन् । कारागारमा पनि अधिकांश कैदी बन्दीहरु लागु औषध मुद्धाका छन् । अझ डरलाग्दो पक्ष त के छ भने पछिल्लो समय १५÷१६ उमेर समुहका बालकहरु देखि ४०÷४५ नाघेका ब्यक्तिहरु समेत लागु औषधको नसामा फस्दै गएका छन् ।
हरेक महिना यस्तो छैन होला जसमा लागु औषध मुद्धामा पक्राउ परेका नहुन । भरिया, सेवनकर्ता र कारोवारीहरु मध्ये कति नेपालमै पक्राउ पर्ने गरेका छन् भने कति सिमावर्ती रुपैडियामा । पछिल्लो समय बिभिन्न कारणले लागु औषध सेवनकर्ताहरु बढ्दै जादा यसले ब्यक्तिको ब्यत्तित्व मात्र नष्ट गरेको छैन घर परिवार, समाज र राष्ट्रलाई नै नौक्सानी पु¥याइरहेको छ । लागु औषधको सेवनले ब्यक्तिको ब्यत्तित्व त नष्ट गरेकै छ त्यसको कारणबाट चोरी, लुटपाट, बलत्कार र घरेलु हिंशाका घटना घटाउनमा समेत मद्धत पु¥याइरहेको छ । ब्यक्तित्वको बिकाश र राष्ट्र निमार्णमा लाग्नु पर्ने उर्जावान युवाहरु लागु औषधको दलदलमा फस्दा जिवनलाई नै बर्वादीतर्फ धकेल्दै गइरहेका छन् ।लागु औषध सेवनकर्ताहरु धनी बाबुका कुलतमा लागेका छोरा मात्र होइन गरिव परिवारका बालबालिकाहरु पनि अछुतो रहन सकेका छैनन । बालक देखि बृद्धसम्म र धनी देखि गरिव सम्मलाई लागु औषधको नसाले छुन थालेको छ । विद्यार्थी होस वा मजदुर सबै क्षेत्र र बर्गका मानिसहरु लहै लहैमा साथी भाईको संगत अनि कारोवारीको जालमा परेर लागु औषधको नसामा फस्ने गरेका छन् । अचम्मको कुरा त के छ भने कामको परिमाण बुझन नसकेका ग्रामिण भेगका महिलाहरु समेत पैसाको लोभमा भरिया बन्दा कानूनको फन्दामा पर्ने गरेका छन् । स्कूल कलेजका बिद्यार्थी देखि होस्टेलसम्म लागु औषधका तस्करले संजाल फैलाउदा उच्च शिक्षा हासिल गर्न लाखौ खर्चेर बसेका कैयौ बिद्यार्थीहरुले जीवनलाई नै अन्धकारतिर धकेली रहेका छन् । ब्यक्तित्व बिकाशको उर्जावान समयलाई लागु औषधको धुवामा उडाइरहेका छन् ।अध्ययनहरुले रोल्पा रुकुम, दाङ्ग, सुर्खेत लगायतका जिल्लाका अशिक्षित र न्यून आय भएका महिलाहरु लागु औषधको कारोवारमा भरियाको रुपमा प्रयोग हुने गरेको पाईएको छ । लागु औषधको अबैध कारोवारमा भरियाको रुपमा ग्रामिण क्षेत्रका अशिक्षित महिला मात्र होइन, पुरुषहरु र बालबालिकाहरु प्रयोग हुने गरेका छन् । लाखौको चलखेल हुने लागु औषधको कारोवारमा पाँच, दश हजारको लोभमा परेकाहरु बर्षौसम्म चिसो सिडीमा पर्ने गरेका छन् भने कारोवारीहरु बिरलै थुनिने गरेका छन् । पक्राउ परि हाले पनि तिनीहरु भरसक पैसामै मिलाउन खोज्दछन् । थुनाकेन्द्रसम्म नपुगी बाटैबाट छुट्ने गर्दछन् । भित्र भित्रै संजाल निर्माण गरी करोडौको अवैध कारोवारमा संलग्न तस्करहरु कानूनको नजरबाट बच्न अनेक उपाय रच्ने गर्दछन । आफ्नो परिचय नदिई बिचौलीयाहरु मार्फत भरियालाई काम लगाउने गर्दछन् ।
बालक देखि बृद्धसम्म र धनी देखि गरिव सम्मलाई लागु औषधको नसाले छुन थालेको छ । विद्यार्थी होस वा मजदुर सबै क्षेत्र र बर्गका मानिसहरु लहै लहैमा साथी भाईको संगत अनि कारोवारीको जालमा परेर लागु औषधको नसामा फस्ने गरेका छन् ।