
थारु शिक्षक बचत कोष राजापुर स्रोतकेन्द्रले ६बर्षमा ७ लाख ५० हजार बराबर मुनाफा गर्न सफल भएको कोषका अध्यक्ष झग्गु प्रसाद चौधरीले बताउनु भएको छ । छैेठौ साधारण सभामा कार्यक्रमका सभापति झग्गु प्रसाद चौधरीले बताउनु भएकोहो । २०६८ मंसिर १० गते राजापुर स्रोत केन्द्र स्तरीय शिक्षकहरुद्धारा स्थापना गरीएको कोेषमा पहिलो पटक मासिक रु ५ सय बाट संकलन सुरु गरेकोमा हाल मासिक रु १ हजार पुराएको बताउनुहुदै राजापुरस्रोत केन्द्र भित्र रहेका सबै शिक्षकहरुलाई समेटी लैजाने भनेका छौ हाल १ जना शिक्षकको निक्षेप ५५ हजार पुगेको र हाल सम्म ७ लाख ५० बचत भएको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी राजापुर नगर पालिका प्रमुख शिब प्रसाद चौधरीले शिक्षकहरुबाट उदारणीय काम गरेको बताउदै बचत संग सगै सामाजिक कार्यमा लाग्नु अनुरोध गर्नु भएको थियो ।नगर प्रमुख चौधरीले राजापुर नगरपालिका भित्रको राम्रो बिद्यालयको लागि पुरस्कृत गर्न पनि बजेट बिनियोजित गरेको , पिसीएफ शिक्षकको बिषयमा विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रमबाट पिसीएफ शिक्षकहरुलाई तलब खुवाएको बताउदै शिक्षाकोगुणस्तरकोलागि बिशेषबजेटहरु विनियोजित गरीएको बताउनु भएका छ ।
हाल १ जना शिक्षकको निक्षेप ५५ हजार पुगेको र हाल सम्म ७ लाख ५० बचत भएको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी राजापुर नगर पालिका प्रमुख शिब प्रसाद चौधरीले शिक्षकहरुबाट उदारणीय काम गरेको बताउदै बचत संग सगै सामाजिक कार्यमा लाग्नु अनुरोध गर्नु भएको थियो ।