प्रवास
समुदाय सुधारको लागि सुचना दिन अनुरोध: डिएसपी केशी
समुदायमा बढ्दै गइरहेको लागु औषध दुर्बेसनी लगायत सामाजिक सदभाव बिथोल्ने गतिबिधीको बिषयमा समुदाय सुधारको लागि जानकारी दिनुहुन ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सुर्य बहादुर केशीले अनुरोध गर्नभएको छ ।
गत सुक्रबार राजापुर ईलाका प्रहरी कार्यालयमा आयोजित दशैको अवसरमा बडघरहरु सँगको अन्तक्रियामा सो कुरा बताउनु भएको हो । प्रमुख डिएसपी केशीले हाम्रो समाजमा अहिले विकराल बन्दै गइरहेको समस्याहरुमा गाजाको समस्या, फेसबुक, आत्महत्यार राती छोरा छोरीहरु घर अबर आउने र कुलतमा लाग्ने जस्ता समस्याहरु रहेकोले त्यसमा सबैसचेत हुनुपर्ने र अभिभावकहरुले पनि ध्यान दिनु पर्ने बताउनु भयो ।
अहिले विकराल बन्दै गइरहेको समस्याहरुमा गाजाको समस्या, फेसबुक, आत्महत्यार राती छोरा छोरीहरु घर अबर आउने र कुलतमा लाग्ने जस्ता समस्याहरु रहेकोले त्यसमा सबैसचेत हुनुपर्ने र अभिभावकहरुले पनि ध्यान दिनु पर्ने बताउनु भयो ।
सबै भन्दा बढी युवाहरुमा देखा परेको गाजाको तथा लागुऔषधको समस्या रहेकोले त्यस बिषयमा खबर गर्नुहुन अनुरोध गनुहुदै डिएसपी केसीले राती मधिरा सेवन गरी हिड्नेलाई कुनै पनि हालतमा नछाडीने बताउदै देशको कानुनलाई नट्रेर्ने समाजमा असर पुराउने व्यक्तिलाई खोजी रहेको र आत्महत्या निरुसाहित गर्न सबै लाग्नु पर्ने बताउनु भएको थियो ।
सहभागी बडघरहरुले अहिले समाजमा सबै भन्दा बढी युवाहरुमा गाजा, मधिरा को कुलत रहेकोले इसललाई रोकथाम गरीनुपर्ने, दशैको समयमा गस्ती बढाउनुपर्ने, मधिरा बिक्रि बितरणकोसमय निधारण हुनुपर्ने, जस्ता समस्याहरु राखेको थिए । साथी एफ.एमका अध्यक्ष बिश्वमान प्रधानले अहिले केही मात्रमा शान्त िसुरक्षा बढेको बताउनु भयो । साथी एफ,एमका स्टेशन मनेजर मिन अधिकारीले खुल्ला सिमा भएकोले चार्डपर्वकोसमयमा सचेत हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा राजापुरनगरपालिका अन्तगत रहेको १० वटा वडाका बडघरहरुबाट समाजको घटना तथा सल्ला सुझावहरु लिइएको थियो ।