शिक्षा

अधिकृत नहुदा बिकास निर्माणले गति लिन सकेन

राजापुर नगरपालिका र गेरुवा गाउपालिकामा कार्यकारी अधिकृत सरुवा भएपछि बिकास निर्माणका कामले तिब्रता लिन सकेको छैन ।
दशै अगाडी राजापुर नगरपालिका र गेरुवा गाउपालिकामा कार्यकारी अधिकृत सरुवा भएको थियो । मन्त्रालयले छलफल गरी कार्यकारी अधिकृत पठाउछौ भनेका छन तर हालसम्म पनि कार्यकारी अधिकृत को आउने हो थाहा छैन, कहिले आउछ त्यसको पनि टूंगो लागेको छैन राजापुर नगरपालिका प्रमुख शिबप्रसाद चौधरीले बताउदै पहिलो चौमासिकमा गरिसकिनु पर्ने कामहरु पनि कार्यकारी अधिकृत नहँुदा बिकास निर्माणका काम हुन नसकेको भएपनि हाल सम्म उपभोक्ता समिति गठन प्रक्रियामा मात्र रहेकोले विकास निर्माणको काम गर्न धेरै अप्ठेरो भइरहेको बताउनु भयो । हामीले जनताको काम जति छिटो छरितो गराँैला भन्ने सोच लिएका थियौ त्यो हुन नसकिरहेको प्रमुख चौधरीले बताउदै आर्थिक कारोबारको जिम्मा कार्यकारी अधिकृतलाई हुने भएकोले पनि काम हुन नसकिरहेको बताउनु भयो ।
राजापुर नगरपालिका योजना शाखाका रमेश चौधरीले कार्यकारी अधिकृत नहुदा पहिलो चौमासिकको कामलाई हेर्ने हो भने जुन लक्ष्य अनुसार काम हुनुपर्ने थियो त्यो हुन नसकेको बताउनु भयो । राजापुर नगरपालिकाले २०७४÷०७५को लागि ५३ करोड बराबरको बजेट बिनियोजित गरेको भएपनि हालसम्म सोचे भन्दा कम काम भएको छ भने दिपावलीमा कर्मचारीहरुले पनि तलब भत्ता खान पाएका छैनन । हाल लेखा अधिकृत पिताम्बर अधिकारी पनि सरुवा भइ गएपछि झनै बिकास निर्माणको कामले अन्यौल्ता छाएको छ । नेपाल सरकारले कर्मचारी व्यवस्थापन गर्न नसक्दा नव निर्वाचित मेयरदेखी सम्पुर्ण पदाधिकारीहरुलाई आरोपको भागेदारी बनाएको पाईन्छ । राजापुर नगरपालिकाले जनताको काम छिटो छरितो , गुणस्तरीयर जनमुखी बनाउने सोच लिएको भएपनि आर्थिक कारोबारको जिम्मा पाएका कार्यकारी अधिकृत नहँुदा जुन सोच र रफतारले कामहुनु पर्ने थियो त्यो हुन नसकिरहेको देखिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button