शिक्षा

आदीवासी जनजाती सम्बन्धी सांस्कृति कार्यक्रम सम्पन्न

भाषा, कला,सस्कृतीको जर्गना गर्न हेतुले राजापुर नगरपालिकाले आदीवासी जनजातीहरुको कला संस्कृती सरंक्षण तथा सम्बर्दनका लागी वडानं.७ मा स्तरिय सांस्कृतीक कार्यक्रम गरेको छ ।
वडाअध्यक्ष मथुरा प्रसाद थारुको सभापत्तिवमा भएको कार्यक्रममा प्रमुख अतिथी राजापुर नगरपालिकाका प्रमुख शिब प्रसाद चौधरी ,बिशिष्ठ अतिथी उप प्रमुख मनकला कुमारी चौधरी रहनु भएको थियो ।
बुद्ध आधारभूत बिद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा ८ वटा सांस्कृतिक समूहहरुको सहभागिता रहेकोमा प्रथम कोठियान टोल समुहको सखीया नाँच प्रथम, वरपिपल युवा कल्बको सखीया नाँच दुतिय, चम्पन महिला सास्कृतिक परिवारको हुरदुङगा नाँच तृतिय, लाहुरे टोलको यो नेपाली शिर उचालीबोलको नाँच चौथौ भएको थियो । प्रथमलाई रु ५ हजार १ सय, दृतियलाई रु ४ हजार २ सय ५०, तृतियलाई रु ३ हजार ४ सय चौथोलाई २ हजार १ सय २५ र सहभागीहरुलाई सान्तोषना रु १ हजार नगद रकम सहित प्रमाणपत्र प्रदान गरीएको थियो । उप प्रमुख मनकला चौधरीले जनजातीहरुको कला स्स्कृतिलाई जर्गना गर्न हेतुले यस बर्ष देखी वडा स्तरिय सांस्कतिक कार्यक्रमहरुको आयोजना गरीएको बताउभयो ।
प्रमुख अतिथी नगरपालिका प्रमुख चौधरीले नगरपालिका भित्र बसोवास गर्ने विभिन्न जातजातीहरुको उत्थान बिकासको लागि भाषा कला र संस्कृतिकको जर्गेना र बिकास गर्न आवश्यक रहेको हुँदा राजापुर नगरपालिकाले वडा स्तरमा बजेट बिनियोजित गरी यस्ता कार्यक्रमहरु ओयाजना गरेको बताउनु भयो । वडा सदस्य लक्ष्मी चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो । भने कार्यक्रम संचालन चन्द्र प्रसाद चौधरीले गर्नु भएको थियो । भेरी मा. बि.का प्रअ महादेब चौधरीको निर्णयक मण्डल रहेको कार्यक्रममा बिभिन्न एकल नृत्यहरु पनि प्रस्तुत गरीएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button