कमैया महिला जागरण समाज बर्दियाको आयोजनामा द महिला नेटवर्क परियोजना अन्तर्गत महीला संलग्न रहने पारिक्षमीक विनाको सेवा मूलक कार्यवारे गत बुधबार राजापुर कटेजमा १ दिने अन्तक्रिया कार्यक्रम गरीएको छ ।
कमैया महिला जागरण समाजका केन्द्रीय अध्यक्ष कृष्णी चौधरीको सभापत्तिवमा तथा राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरीको प्रमुअआतित्थ्योमा सम्पन्न भएको थियो ।
परियोजना अधिकृत अनिता चौधरीले कार्यक्रमबारेमा जानकारी दिनु भएको थियो । प्रमुख अतिथी मनकला चौधरीले विगतका दिनका वारेमा स्मरण गर्दे जो मान्छे सँग सहि शिक्षा छ त्यसले त्यही बाटोमा समाजलाई हिडाउने गर्दछ बताउदै कमैया तथा कम्हरीले विना पारिक्षमीकको कामगर्दा भोग्नु परेको समस्यालाई लिएर कमैया महिला जागरण समाजले यो महिलाहरुको हितका लागि सकारात्मक काम गरेको बताए वहाँले महिलाहरु आर्थिक रुपमा सधै पछाडी परीरहेको ,सरकारी कार्यालयहरुमा पहुच हुन नपाइरहेकोले राजापुर नगरपालिकाले निती तथा कार्यक्रमहरुमा सम्बोधन गरेको जानकारी दिनु भएको थियो ।
कार्यक्रमका सभापति कृष्णी चौधरीले पहिलो पटक यस कार्यक्रम गर्दा आफुलाई धेरै कुरा सुन्नुपरेको भए पनि अहिलेआएर सबैले बुझदै गइरहेपछि सकारात्मकरुपमा समाजले मन्न गदै गइरहेको बताउनु भयो । वडा नं. १का अध्यक्ष खुसीराम चौधरीले हामीले महिलालाई गनुपर्ने सम्मानमा कतै चुकीरहेको बताउदै मानव जिवनमा महिलाको भुमिका अहम हुने गरेको बताउनु भयो । वडा नं. ३ का अध्यक्ष बिष्णु प्रसाद खनालले समाजमा चेतना अभिवृद्धि गराउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताउदै महिलाले गर्ने कामको मूल्याङ्गन हुन जरुरी रहेको बताउनु भयो ।
वडा नं. ७ का अध्यक्ष मथुरा प्रसाद चौधरीले मलिलाहरु पारिक्षमीक विनाको हिँसामा परीरहेको बताउदै घरको काममा नै महिलाहरु बढीमात्रमा रहने गरेकोले यस बिषयमा जागरुप गराउनुु पर्ने बताउनु भयो ।
वडा नं. १०का अध्यक्ष दया शंकर चौधरी, राप्रपाका क्षेत्रिय अध्यक्ष जिवराज रेग्मी, शान्तीका लागि युवा सन्ज्यालका अध्यक्ष शिवानी चौधरी , कृषि सेवा केन्द्र राजापुरका प्रमुख शिबराज सुबेदी,रानपाकोमहिला सदस्य लक्ष्मी चौधरी लगायतकाले महिलाकाले महिला अधिकार तथा पारिक्षमीक विनाको सेवा बिषयमा धारण राखेका थिए ।