स्वास्थ्य कार्य संचालन योजना तयारी कार्यशाला गोष्ठी सम्पन्न

राजापुर नगरपालिकाको आयोजनामा गत बिहीबार राजापुरमा नगरपालिका स्तरिय बार्षिक स्वास्थ्य कार्य संचालन योजना तयारी सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख चौधरीले राजापुर नगरपालिका भित्रकाम गरीरहेका सघ सस्थाहरुले गरीने कार्यक्रमहरुमा नगरपालिकासँग छलफल तथा जानकारी गराई संचालन गर्न अनुरोध गदै जसले गर्दा कार्यक्रम संचालन गर्न सघ सस्थालाई सजिलो हुने भएको बताउदै राजापुर नगरपालिको प्रथम अधिबेशनबाट स्वास्थ्य क्षेत्रको लागि नगरपालिका र वडा स्तरमा बिशेष बजेट बिनियोजित गरीएको बताउनु भयो । वहाँले सिकलसेलको मेसीन खरीद गर्न ३० लाख, आपतकालिन औषधी खरीद गर्न २ लाख, लागुऔषध दुर्बेसनी लगायत गाउ टोल र वडाबाट छनौट भइ आएको स्वास्थ्य सम्बन्धी योजनाहरुलाई प्राथमिक्तामा राखी सर्सत बजेत र निसर्त बजेट बिनियोजित गरेको बताउनु भयो । राजापुर नगरपालिका स्वास्थ्य साखा प्रमुख गणेश अर्यालले ससर्त बजेटमा नेपाल सरकारको अनुदान रु २ करोड ३९ लाख ४३ हजार बराबरको बजेट बिनियोजित भएको जानकारी दिदै २०७४/०७५मा गरीने कार्यक्रमहरुमा दोहरो नपरोस भन्ने हेतु यस गोष्ठी गरीइएको बताउनु भयो । सयुक्त बाषिक योजना तयार गरी कार्यक्रम गर्दा सजिलो हुने एउटै किसिमको कार्यक्रम एकै ठाँउमा दोहरो नपर्ने बताए । हैल्भफर लाईफका राजेन्द्र चौधरीले यूएस एडको आथिक सहयोगमा यस बर्ष ७ लाख ८८ हजार बराबरको बजेट परेको जानकारी दिनु भएको थियो । सोनाहा बिकास समाजका पंकज देवकोटाले सन् २०१६मा गरेको कार्यक्रम, २०१७ मा संचालन भइरहेको कार्यक्रम र २०१८मा परेका तथा छनौट भइरहेको कार्यक्रमको बजेट वारे जानकारी दिनु भएको थियो । गेरुवा जागरण समाजका उर्मिला चौधरीले राजापुर क्षेत्र भित्र यस बर्ष रु १८ लाख ६४ हजार ४ सय २५ रुपैया बराबरको बजेट बिनियोजित भएको बताउनु भयो । सुआहारा प्रकास शर्माले ४ लाख ७५ हजार ३ सय ९६ रुपैया बराबरको बजेट बिनियोजित भएको जानकारी दिनु भयो । सि.आर.एस.का जिल्ला संयोजक गगा पुनले २ लाख ८५ हजार बराबरको बजेट बिनियोजित भएको बतादै आवश्यक भए थप बजेट पनि आउन सक्ने बताउनुभयो । मानपुर युवा समाजका भुमि प्रसाद आर्चायले मायुषले संचालन गरीरहेको कार्यक्रम बारे जानकारी दिनु भयो । शान्तीका लागि युवा संज्याल राजापुरका अध्यक्ष शिवानी चौधरीले बिशेष गरी युवाहरु सम्बन्धी लागुऔषध लगायतका बिषयहरुमा कार्यक्रमहरु गदै आइरहेको जानकारी दिनु भएको थियो । कृषि सेवा केन्द्र राजापुर प्रमुख शिबराज सुबेदीले स्वस्थ्य जिवनको लागि सन्तुलीत भोजनको आवश्यक्ता पर्ने भएको बताउदै खानमा ध्यान दिनु पर्ने बताउनु भयो । महिला विकास संस्था राजापुर प्रतिनिधी प्रतिभा महतारा पुनले महिलाहरुको आर्यआर्जन सम्बन्धी कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिनु भएको थियो । उप प्रमुख मनकला चौधरी, वडाअध्यक्ष चिन्तामणी आर्चाय लगायत हैल्भफर लाईफकाप्रतिनीधी, राजापुरनगरपालिकामा रहेका संघ सस्थाहरुका प्रतिनीधीहरुको उपस्थित रहेको थियो ।