नेकपा एमाले र नेकपा माओवादी केन्द्र (बाम गठबन्धन) को प्रदेश नं. २ ख राजापुर नगरपालिकाको वैठक सम्पन्न
मिन अधिकारी
बर्दियाको राजापुरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र (बाम गठबन्धन) को प्रदेश नं. २ ख राजापुर नगरपालिकाको वडा नं. ५ मा आज निर्वाचन केन्द्रित वैठक सम्पन्न भएको छ । बर्दियामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न आज बृहत बैठकको आयोजना गरिएको आयोजक बाम गठबन्धनले जनाएको छ । राजापुर न पा वडा नं. ५ किसान मा वि बदालपुरमा आयोजित बैठकले निर्वाचन परिचालन सम्बन्धि ७ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले बम वहादुर रावलको अध्यक्षतामा प्रदेश स्तरको निर्वाचन परिचालन समिति समन्वय कमिटीको निर्माण गरेको छ । जसको सदस्यमा शिवराज थारु, शर्मा चौभरी, झन कुमार ढकाल, बल बहादुर चलाउने , राम बहादुर थारु, वैद्यनाथ झा, देउराम थारु, गोविन्द रिजाल र हरिमाया अधिकारी रहनु भएको छ । यस्तै एमालेका जिल्ला समिति सदस्य लौटन थारु संयोजक र माओवादी केन्द्रका राम बहादुर थारु सहसंयोजक रहने नगरस्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले प्रदेश समन्वय समितिमा छलफल गर्दै सवै वडाहरुमा वडा कमिटी गठन गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष देउ राम चौधरी रहनु भएको बैठकमा अन्य अतिथिहरुमा नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधि मान वहादुर थारु, चित्र प्रसाद खनाल, दिपेश थारु, नेकपा एमाले जिल्ला समिति सदस्य लौटन कुमार थारु, नवराज ज्ञवाली, बम बहादुर रावल एमाले जिल्ला कमिटी सदस्य शर्मा चौधरी, वैद्यनाथ झा,बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द रिजाल, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका वडाध्यक्षहरु राम बहादुर थारु, दिपेन्द्र आचार्य, वल वहादुर चलाउने, टेक वहादुर थारु,को उपस्थिति रहेको थियो । बर्दियामा बामगठबन्धनलाई अव कुनै शक्तिले पनि हराउन नसक्ने भन्दै अध्यक्ष थारुले सवैलाई सक्रियताका साथ लाथ्न आग्रह गर्नु भएको छ । एमाले र माओवादी केन्द्र समर्थक नेता कार्यकर्ता, स्थानियवासीको ठुलो उपस्थिति रहेको बैठकको संचालन पहारी चौधरीले गर्नु भएको थियो ।