धानको मूल्य बिषयलाई लिएर खाध्य पुगे ः बिना बिभागिय मन्त्री थारु
आज चुनाबी दौरानको लागि राजापुर पुग्नु भएको बिना बिभागिय मन्त्री तथा प्रतिनीधी सभा बर्दिया २ का उम्मेदार सन्त राम थारुले नेपाल खाध्य संस्था आधुनिक चामल कारखाना राजापुरका प्रमुख भोज राज पाण्डे सँग भेट गरी छिटो धानको मूल्य निधारण गर्न अनुरोध गनु भएको छ ।
नेपाल खाध्य संस्थानले धानको मूल्य समयामा निधारण गर्न नसक्दा सधै किसान मर्कामा पर्ने गरेको गुनासो प्रति सो बिषयमा समस्यालाई समाधान गर्न छिटो मूल्य निधारण गर्न मिल प्रमुखलाई अनुरोध गनु भयो । प्रदेश सभा बर्दिया २ ख का उम्मेदार दिपेश थारुले हिजोका दिन देखी नै किसानले भोग्दै आइरहेको मूल्य निधारण को पिडालाई सके सम्म छिटो र राम्रो रेट निधारण गर्न अनुरोध गर्न भएको थियो । किसानको समस्या नै धानको मूल्यभएको हुदा यसमा किसानकोपहुच पुगोस र उचित रेट कायम होस भन्ने सल्ला सुझाव राखेका थिए । निर्वतमान सभासद मान बहादुर थारुले किसानको धान छिटो खरीद गर्न मूल्य निधारण छिटो हुनु पर्ने बताउनु भयो । भेटको समयमा मिल प्रमुख भोज राज पाण्डेले हामीले धानको रेट मात्र खोली दिने हो किसानलेहामीलाई धान सोच भन्दा कम दिने गरेको बताउदै यसबर्ष ३० हजार कुन्टल किन्ने लक्ष्य लिएकोमा त्यो कोटा अनुसारको धान नआउने गरेको बताए । अब यसै कातिक २६÷२७ गते भित्र मूल्य निधारण हुने बताउनु भयो । हामीले कैलाली बाके बर्दियाको रेट हेरी निधारण गर्ने भएको इसका केही प्रक्रियाहरु रहेकोले केही समय लाग्ने बताउनु भयो । राजापुर नगरपालिका प्रमुख शिब कुमार थारुले धानको मूल्य निधारण बिषयमा राजापुर खाध्य संस्थानका प्रमुख ,बर्दिया जिल्ला समुन्य समितिका प्रमुखहरु सगँ कुराकानीभएको बताउदै अबकेही दिन भित्र मूल्य निधारण हुने बताउनु भयो । ईलाका प्रशासन कार्यालय राजापुरमा आउनु भएको प्रमुख अर्जुन सुवेदीले धानको मूल्यका बिषयमा छिटो निधारण गर्न पहल गरीएको बताउनु भयो ।