अन्तर्वार्तापत्रपत्रिकाप्रवासस्थानीय

राजापुर नगरपालिका मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको (बाम गठबन्धन) भेटघाट तथा प्रशिक्षण भेला सम्पन्न

मिन् अधिकारी
बर्दियाको राजापुर नगपालिका मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको (बाम गठबन्धन) ले प्रदेश नं. २ ख राजापुर नगरपालिकाको वडा नं. १ देखि वडा नं. १० सम्म आज निर्वाचन केन्द्रित कार्यक्रता भेटघाट तथा प्रशिक्षण भेलाको आयोजना गरेको छ । बर्दियामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको बृहत भेलाको आयोजक बाम गठबन्धनले जनाएको छ । राजापुर न पा वडा नं. ८ श्री विद्याज्योति प्रावि ओस्ताजपुरमा आयोजित भेलालाई सम्बोधन गदै प्रमुख अतिथि पूर्व पशुपक्षी विकास मन्त्री सन्त कुमार थारुले ६८ वर्ष पछि वाम गठवन्धन एक भएको र वहुमतका साथ चुनाव जितेर कम्पुनिष्टका लक्ष्य पुरा गर्नु पर्ने बताउनु भएको छ । बर्दियामा बामगठबन्धनलाई अव कुनै शक्तिले पनि हराउन नसक्ने भन्दै प्रमुख अतिथि थारुले सवैलाई सक्रियताका साथ लाथ्न आग्रह गर्नु भएको छ ।प्रदेश सभा उम्मेद्वार भेलाका अतिथि दिपेश थारुले ईतिहासलाई हेर्दा कम्युनिष्टको संख्या ठूलो भए पनि एकनहुदा दक्षणपन्ती हाबिहुदै लोकतान्त्रीक सक्ती सोशक सामान्ती प्रबिधिले लादै सता सासनमा पुगेकोले कम्युनिष्टको हार हुने गरेको र अव वाम गठवन्धनको एकजुटताले बलियो बनेकोले जितहुने वताउनु भएको छ । यस्तै अतिथिको आसनबाट वोल्दै पूर्व साँसद मान वहादुर थारुले आफ्नो कार्यकालमा बर्दियामा ल्याएका विकास निर्माणका कामहरु केही पुरा भएको र वाकी रहेका काम पुरा गर्न वाम गठवन्धनलाई भोट दिन आग्रह गर्नु भएको छ । कार्यक्रता भेटघाट तथा प्रश्क्षण भेलाका अध्यक्ष नेकपा एमाले नगरगमिटी अध्यक्ष शिव मणी शर्मा प्रमुख अतिथि पूर्व पशुपक्षी विकास मन्त्री सन्त कुमार थारु विशेष अतिथि पूर्व साँसद मानवहादुर थारु अन्य अतिथिहरुमा नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधि तथा प्रदेश सभा भा उम्मेद्वार दिपेश थारु, दिपेन्द्र आचार्य, वल वहादुर चलाउने, टेक वहादुर थारु,को उपस्थिति रहेको थियो । एमाले र माओवादी केन्द्र समर्थक नेता कार्यकर्ता, स्थानियवासीको ठुलो उपस्थिति रहेको कार्यक्रता भेटघाट तथा प्रश्क्षण भेलाको संचालने नेकपा एमालेका पदम रिसी चौलागाईले गर्नु भएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button