प्रवासस्थानीय

सोनाहा विकास समाज बर्दियाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

राजापुर नगरपालिका—१, मा गुड नेवर्स इन्टर नेशनल नेपालको साझेदारी संस्था सोनाहा विकास समाज बर्दियाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शान्ती सोनाहा सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी राजापुर नगरपालिका—१ का वडा अध्यक्ष श्री खुशीराम चौधरी,तथा अतिथी लोक राज परियारको आतिथ्यमा सभा सम्पन्न भएको छ ।
संस्थाका कोषाध्यक्ष श्री चित्रा सोनाहाले आ.व. २०७२/७३ र ०७३/७४ को आय ब्यय प्रतिबेदन प्रस्तुत भएको छ । जसमा आ.व. २०७२/७३ को रु. ३४,४९,५६८।७७ को आय र साथै आ.व. २०७३/७४ को रु. २,५१,५०,८४४।३४ रहेको छ । जसमा आ.व. २०७२/७३ मा गुड नेवर्स इन्टर नेशनल नेपालबाट सोनाहा विकासलाई २,८८,३८४÷— प्राप्त भएको थियो । भने आ.व. ०७३/७४ मा गुड नेवर्स इन्टरनेशनल नेपालबाट उक्त संस्थालाई बर्दिया क्षेत्रिय विकास परियोजना संचालनकोलागि रु. २,२३,६७,६६७।५७÷— प्राप्त भएको थियो ।
परियोजनाको संयोजक श्री पंकज राज देवकोटाले सन् २०१६ र २०१७ को कार्यक्रमहरुको प्रगति प्रतिबेदन तथा अगामी २०१८ को प्रस्ताबित कार्यक्रमहरु जानकारी गराइएको थियो ।
गुड नेवर्स इन्टरनेपालको आर्थिक तथा प्राबिधिक सहयोग सन् २०१२ देखि पाताभार सामुदायिक विकासबाट लोप उन्मुख सोनाहा जातीको आर्थिक विकास तथा जिविकोपार्जनकोलागि बंगुर पालन कार्यक्रमको लागि आर्थिक तथा प्राबिधिक सहयोगमा सन् २०१५ साल सम्म भएको थियो । भने सन् २०१६ साल देखि हाल सम्म निरन्तर रुपमा बर्दिया क्षेत्रिय विकास परियोजनाको लागि साझेदारी संस्थाको रुपमा सोनाहा विकास समाजलाई शिक्षा, स्वास्थ्य, तथा आयआर्जनको क्षेत्रमा विकासका लागि निरन्तर आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button