साहित्य

गजल

खोजेर कहाँ भेटिन्छ हामी भित्रै देश हराएको छ ।
पाप छोपन मन्दिर किन अगाडि भोको कराएको छ ।।
के गर्नु सुन्दर हिमाल अनि बैसालु बेसिको बयान ।
आखिर हाम्रो गुजार चलाउने हात त पराएको छ ।।
खाडी जानेहरु कहिलै सलामत फर्केका छैनन ।
एता झन सारो युवालाइ राज्यले भेडा झै चराएको छ ।।
नारी योबन पुरुष इमान बेच्ने ब्यापारी बनेको देखेर ।
आमा र सिमाना जोगाउने देशभक्त अलि डराएको छ ।।
बा आमालाई युद्धका ठेकेदारले यातना दि मारे ।
सन्तान कामियाब हुँदा राज्यले खादी तराएको छ ।।
जे बी अनुरागी
राजापुर

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button