लोकतन्त्रलाई सँस्थागत गर्न र बिकाश सुनिश्चीत गर्न कांग्रेशलाई भोट दिन मन्त्री दहितको अनुरोध

मिन अधिकारी
बर्दिया नेपाली कांग्रेश बर्दिया क्षेत्र नम्वर २ का उम्मेदवार तथा भुमिसुधार मंत्री गोपाल दहितले कांग्रेश परिबर्तनको पक्षधर भएको लोकतन्त्रलाई सँस्थागत गर्न बिकाश सुनिश्चीत गर्न कांग्रेशलाई भोट दिन जनता समक्ष आग्रह गर्नुभएको छ । आसन्न प्रतिनीधि सभा तथा प्रदेश सभालाई लक्षित गर्दै आयोजना आज बर्दियाको ठाकुरवावा नगरपालीकाका बिभिन्न वडामा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । नेपाली कांग्रेश परिवर्तनको पक्षधर भएकाले यहाँको बिकासकालागी १ मात्र बिकल्प कांग्रेश भएको नेता दहितको भनाई छ । कांग्रेशले आयोजना गरेको चुनावी भेटघाट ठाकुरवावा नगरपालिकाको वडा नम्वर ५ गोबिन्दपुर,मिर्चैया,सुकुम्वासी बस्ती, घुम्नाफाटा, बखतपुर, जितपुरमा सभागरी स्थानियहरु सँग भेटघाट गरिएको छ । आजै ठाकुरवावा ३ चटकपुर र वडा नम्वर ४ को आम्वासाका स्थानियहरु सँग भेटघाट गरिएको छ । अहिले ठाकुरवावा नगरपालीका ४ सुजनपुरमा चुनावी सभा भइरहेको प्रचार बिभागका महादेव रत्गैयाले रेडियो साथीलाई बताउनु भयो । यसैबिच राजापुर ८ भोकपुरमा कांग्रेशले चुनावी सभाका साथै वडा सम्पर्क कार्यलय खोलेको छ । साविकको वडा नम्वर १४ को चुनावी प्रचार प्रसार समितिमा मोहन भुल तथा वडा नम्वर १५ मा किश्वर थारुलाई संयोजक चयन गरिएको छ । हालको वडा नम्वर ८ को मुल समितिको संयोजकमा राम प्रसाद ढुगांना चयन गरिएको कांगे्रश जनाएको छ ।