बिचार

सबिधान कार्यान्वयन गराउन र यसक्षेत्रको विकासका कामलाई तिबं्रता दिन आफ्नो उम्मेदारी रहेको दिपेश थारु

गत बुधबार राजापुरमा आयोजित कार्यकर्ता भेटघाटको क्रममा बर्दिया प्रदेश २ ख का उम्मेदार दिपेश थारु राजेशले आफु माओबादीको मात्र नभएर बाम गठबन्धका र जनताको उम्मेदार रहेको बताउदै संबिधान कार्यान्यवय गराउने ,टूटिरहेको सबिधानलाई संसोधन गरी जनताले खोजेका संबिधान निर्माण गराउन र यस क्षेत्रको बिकासका कामहरुलाई तिब्रता दिन आफ्नो उम्मेदारी रहेको बताए । वहाँले बर्दिया जिल्लाको यस क्षेत्र धेरै पछाडी परेकोले स्वास्थ्य शिक्षा, कृषि लगायत विकासका कामहरुलाई अगाडी बढाउदै हिजोका दिन देखीको प्राचिन राजापुर बजारलाई संरक्षण सम्बर्धनको लागि काम गर्ने प्रतिबध्ता गरेका दिए ।उम्मेदवार थारुले युवाहरुको स्वरोजगारका लागि नेपाल भित्र नै औधगिक उद्योगहरुलाई व्यवस्थापन गरी युवा स्वरोजगार नेपालकमा नै दिन सक्ने भएकोले यसको व्यवस्थापनका लागि वातावरण सृजना गरीने बताए । राजापुर बजारको लालपुर्जाको बिषयमा माओवादीका नेता स्व राम चरण थारुकै पालोमा राजापुर बजारको नाप नक्सा भएको र राजापुरको बिकास नचाहने तत्वकै कारण रोकीएको हुँदा त्यस बिषयमा बिगत देखी नै आफु राजापुरवासीलाई लालपुर्जा उपलब्धगराउन लागेकोहुदा यस बिषयलाई बिशेष प्राथमिक्ता दिने बताए । कार्यक्रममा निर्वतमान सांसद मान बहादुर थारु, नेकपा एमालेका क्षेत्रिय अध्यक्ष पहारी चौधरी,एमालेमा माहधिवेशन प्रतिनिधी ईन्द्र सेन लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रम संचालन बिकास जिसीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button