प्रवासस्थानीय

पाँच बर्षमै बर्दियाका सम्पुर्ण पुर्णरुपमा सडक सञ्जाल बिस्तार गर्ने प्रतिबद्धता -संयुक्त बाम गठबन्धनक

मिन् अधिकारी
बर्दिया संयुक्त बाम गठबन्धनक बर्दियाले पाँच बर्षमै बर्दियाका सम्पुर्ण पुर्णरुपमा सडक सञ्जाल बिस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
मंशिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका उम्मेद्वारहरुको साझा प्रतिवद्धता–२०७४ मार्फत सम्पुर्ण सडक सञ्जाल बिस्तार गर्ने प्रतिबद्धता जनाएका हुन् । सडक निर्माण अन्र्तरगत राजापुर, गेरुवा, ठाकुर, मधवन, गुलरिया, बारबर्दिया, बाँसगढी र बढैयाताल लगायतका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा चक्रपथ निर्माण तथा कालोपत्रे रहेको छ ।
पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गका बीचमा पर्ने सम्पूर्ण बस्तिहरुलाई एकीकृत गर्ने गरी बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाको सिमानाबाट सुरु भई बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबा नगरपालिका देखि गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाको सिमाना हुँदै कैलाली टिकापुर जोड्ने ४ लेनको मध्य बर्दिया सहायक राजमार्ग यसै अवधिमा निर्माण गर्न पहल बाम गठबन्धनले प्रतिबधता जनाउको छ ।
बाँके चिसापानी देखि राँझा हुँदै लखना, भोलागौडी, जमुनी, डाँफे, नेपाल–भारत सिमानासम्म सडक विस्तार तथा स्तरोन्नत गरी कालोपत्रे गर्ने र बाँसगढी, मैनापोखरदेखि फुटाहा भन्सारसम्मको सडक विस्तार तथा स्तरोन्नत गरी कालोपत्रे गर्ने रहेको छ । हुलाकी सडकमा रहेका पञ्चबजारदेखि कपास फर्मसम्मको सडक विस्तार तथा स्तरोन्नत गरी कालो पत्रे गर्ने तथा पूर्व–पश्चिम राजमार्गमा रहेको लक्ष्मणादेखि विक्री हुदैं हुलाकी राजमार्गसम्मको सडक विस्तार तथा स्तरोन्नत गरी कालोपत्रे र हुलाकी राजमार्गको पञ्चबजारदेखि फुटाहा हुदैं जमुनी सम्मको सडक विस्तार तथा स्तरोन्नत गरी कालोपत्रे गर्ने रहेको छ ।
हुलाकी राजमार्गको सूर्यगौडीदेखि भैसाही हुदैं पूर्व–पश्चिम राजमार्गको बैदी चोकसम्मको सडक विस्तार तथा स्तरोन्नत गरी कालोपत्रे गर्ने, पूर्व–पश्चिम राजमार्गको बैदीचोकदेखि, जयनगर, पद्नहा, बानियभारहुदैं कुसुम्बााघाट जोड्ने सडक विस्तार तथा स्तरोन्नत गरी कालोपत्रे गर्ने र पूर्व–पश्चिम राजमार्गदेखि बानियाभार हुदैं कुसुम्घाटसम्मको सडक विस्तार तथा स्तरोन्नती गरी कालोपत्रे रहेको छ । पूर्व–पश्चिम राजमार्गमको रम्मापुरदेखि, मगरागाडी जब्दीघाट, गुलरिया हुँदै नेपाल–भारत सिमाना सम्मको सडक विस्तार तथा स्तरोन्नत गरी कालोपत्रे गर्ने, बाँसगढी, मैनापोखर, फुटाहा भन्सारसम्मको सडक विस्तार स्तरोन्नती गरी कालोपत्रे गर्ने, भुरीगाउँ, ढोढरी हुँदै नेपाल–भारत सिमासम्म ४ लेनको सडक विस्तार तथा स्तरोन्नत गरी कालोपत्रे गर्ने र भुरीगाउँ, तेलपानी, सुर्खेत सम्म ४ लेनको आकाशे पर्यटन मार्ग यसै अवधिमा निर्माण सम्पन्न गर्न पहल रहेको छ ।
पुर्व–पश्चिम राजमार्गको नेउलापुरदेखि, शिवपुर ठाकुरद्वारा, खुसलपटुवा हुदैं हुलाकी राजमार्गको सुर्यपटुवासम्मको सडक विस्तार तथा स्तरोन्नती गरी कालोपत्रे गर्ने, खैरीचन्दनपुरदेखि मनाउ हुदैं गोला सम्म करिडोर विस्तार तथा स्तरोन्नती गरी कालोपत्रे गर्ने, मानपुरटपरा देखि पाताभार सम्मको सडक विस्तार तथा स्तरोन्नती गरी कालोपत्रे गर्ने रहेको छ ।
पूर्व–पश्चिम राजमार्गको कर्णाली चिसापानीदेखि गोला, राजापुर हुदैं नेपाल–भारत सिमानासम्म ४ लेनको सहायक राजमार्ग यसै अवधिमा निर्माण गर्न पहल गर्ने, हुलाकी राजमार्गको कणालीनदिदेखि कणालीचिसापानीसम्मको करिडोर यसै अवधिमा निर्माण सम्पन्न गर्ने र जिल्लाका सबै स्थानीय सरकारहरुसंग समन्वय गरी सबै सबै स्थानीय तहमा नगरविकार योजना भित्र पर्ने सबै सडकहरु निर्माण, विस्तार, स्तरोन्नती गरी कालोपत्रे गर्ने बाम गठबन्धनको प्रतिबद्धतामा उल्लेख छ ।
यसै अवधिमा निर्माण गरिने बबई नदि नियन्त्रण तथा व्यवस्थापन परियोजनामा पर्ने गरी नदिका दुबै किनारामा २ लेनको करिडोर सडक निर्माण रहेको छ ।

Image Credit: Radio Sathi

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button