प्रवासस्थानीय

प्राथमिक स्वास्थ्य केन्द्रमा आजबाट एक्सरे, ईसिजी,र रेबिजको सेवासुरु

आज राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीले राजापुर प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा सुरु भएको एक्सरे सेवा लगायतका सेवाहरुको पुजा पाठ गरी उद्घाटन गनु भएको छ । राजापुर स्वास्थ्य केन्द्रका डा रुपेश ओडले जानकारीदिदै सुक्रबार बाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अन्तगत एक्सरेसेवा, ईसिजी सेवा एनालाईजर सेवाहरु सुरु भएको बताउदै रेविजको इन्जेसन, सिकलसेलको वारेमा जाचँको लागि सिक्लीङ्ग टेस्ट सेवाहरु पनि अबका दिनमा पाउने भएको बताए । डा ओडले एक हप्ता भित्र फार्मेसी सेवा पनि सुरुहुने स्वास्थ्य बिमा गरेकाहरुलाई नि शुल्क सेवा र अन्य बिमारीहरुलाई सहुलेत दरमा सेवा प्रदान गरीने भएको बताउनु भयो ।
नगर प्रमुख चौधरीले सिकलसेलरोगको चेक जाँचको लागि २० लाख रुपैया बराबरको मेसिन खरीदका लागि राजापुर नगरपालिकाले बजेट बिनियोजित गरेको र सुद्ध पानीको लागी फिल्टर राजापुर स्वास्थ्य केन्द्रमा जडान गर्ने सोच लिएको बताउनु भयो । स्वास्थ्य बिमालाई अझ राम्रो बनाउन एम्बुलेशन सेवामा स्वास्थ्य बिमा गरेकाको लागि १५ प्रतिशत छुटको व्यवस्था दिने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र काअध्यक्ष छप्पु राम चौधरी, राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा लाल बहादुर योगी वडा ४ वडा अध्यक्ष रमन कुमार रेग्मी लगायतकाहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button