मनाेरञ्जन

यूएई सरकारले दियो संजयलाई ‘गोल्डेन भिसा’

बलिउडका सफल नायक संजय दत्तलाई यूएईको सरकारले गोल्डेन भिसा दिएको छ । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै संजयले यो कुराको जानकारी दिएका हुन् ।
सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा संजय मेजर जनरल मोहम्मद अल मर्रीको साथमा देखिएका छन् ।

संजयले सामाजिक संजालमा लेखेका छन्–‘मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितीमा संयुक्त अरब इमिरेट्स सरकारले मलाई गोल्डेन भिसाबाट सम्मानित गरेको छ । यसका लागि म आभारी छ ।’

संजय यूएई सरकारबाट गोल्डेन भिसा प्राप्त गर्ने पहिलो भारतीय कलाकार हुन् । यो भिसाको अवधी १० बर्षको हुनेछ । यो भिसाको मुख्य उद्देश्य प्रतिभाशाली मानिसहरुलाई यूएईमै राख्ने उद्देश्य हो ।

Source: OnlineKhabar

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button