अनौठो भाइरस

कविता
तेजविलास
विश्वभरि नै बढ्दो छ
विविध भाइरसहरू
मान्छेको अस्तित्व नामेट गर्न
धेरैलाई सिध्याएर
बाचेकालाई अत्याएको छ।
यता अर्कै भाइरस
जुन भाइरस
हुँदा खादाको
शक्तिशाली पद
पदमा बसेर गरेको रजगज
जनता बाहेकलाई वितरण गर्दै
पद अनि पोषण
जनता अफ्ट्यारोमा पर्दा
गरेर उद्घाटन गफ(महोत्सव
के के मा रमाइरहेका छन्
त्यो भाइरस हो
उखान (तुक्का भाइरस
भाइ भाइ मिलेर पनि पिउन नसक्ने
रास्ट्रवादी नामको भाइरस
अनौठो भाइरस
जनता दुई रुपैयाको सिटामल
अलिकति अक्सिजन
खोसिएको सानो रोजगारीबाट
छटपटी परिरहेको बेला
हामीलाई अर्को भाइरसले
परेको छ आजित
कोभिडसंग भिडन्त गर्न
एक्लै अनि बेग्लै
मास्क लगाएर
चुपचाप बस्नु पर्ने बेला
उखान भाइरससित लड्न
गोप्य एकता
सामुहिक चेतना बिस्तार
अनि
प्रतिदिन बलियो नबनाई
प्रतिरोधि चेत
सुख छैन अब
किनकि
नेपाल सक्ने गरी
अनौठो भाइरस
शायद कहिल्यै
फैलिएको थिएन यस्तो
यो परिमाणमा।
अनौठो भाइरस
स्वार्थ प्रेरित
अहंकारी भाइरस।