कोरोना जितिन्छ


ऐ कोरोना तँ मानवलाई सताउने भने किन लुकेर आउने हँ ।
हिम्मत भए प्रत्यक्ष देखिने गरी चिनिने गरी अगाडी आईजे तँ ।।
न तेरो रुप देख्छु, न तेरो आवाज सुन्न सक्छु कोरोना खै त कस्तो छस ।
म पनि नेपाली आमाको छोरो हुँ अन्तत तँ भाग्नु पर्छ अन्तै गएर बस ।।
दैनिक व्याम गर्छ,परिश्रम गर्छ, गुर्जो,अदुवा र बेसारको रस सेवन गर्छु ।
स्वाच्छ, सफा र विषादी रहित खाद्ययन्न पहिचान गरी भोजन गर्छु ।।
मुखमा मास्क, सामाजिक दुरी कायम गर्दै साबुन पानीले हात धुने गर्छु ।
मेरो त के बिगार्नै सक्छस र कोरोना तैले, बरु देखे भने तेरो ठाउकै फोर्छु ।।
मेरो घरमा आउने आफन्तलाई टाढा बनाईस, पराई बनाईस ।
हसिलो मुस्कान र सुन्दर मुहार हुदाहुदै पनि छोपने बनाईस ।।
मानवले तेरो के नै बिगा¥यो र मानवसंग कहिलेको थियो तेरो रिस ।
एक दिन त तँलाई संसारै छोडेर भाग्ने बनाउछु मेरो पनि यही छ ईख ।।
म पनि कोरोना तँ संग डराएर मनोवल कम गर्ने मान्छे हुदै होईन ।
सायद मसंग तँनै डराएर होला तेरो भाईरसले मलाई छुदै छोईन ।।
म त तँ जस्तो दुस्मन, शत्रु र भाईरसलाई प्रास्त गर्न जानेकोछु ।
के खानु पर्छ, के गर्नु पर्छ अनि सरकारको निर्देशन सबै मानेकोछु ।।
धेरै मजाक नगर कोरोना तेरो बारेमा पनि हामी सोच्दैछौं ।
तँलाई प्रास्त गर्ने, तेरो घमण्ड झार्ने र तँलाई विनाश गर्ने औजार खोज्दैछौं ।।
केही होईन कोरोना मनोवल कसैले कम नगर्नु, डर र चिन्ताले शरिर सकिन्छ ।
बरु स्वाच्छ खानु, सफा रहनु र सरकारको निर्देशन पालाना गर्नु कोरोना जितिन्छ ।।