शहिदहरुले देखाएको बाटोमै अगाडी बढिरहेकाछौं अञ्जु दहित (उप प्रमुख बारबर्दिया न.पा.)

होमेन्द्र थापा
बर्दिया, बारबर्दिया नगरपालिकाका नगर उप प्रमुख अञ्जु दहितले शहिदहरुले देखाएको बाटोमै अगाडी बढिरहेको कुरा संञ्चारकर्मीहरुसंगको भेटघाट तथा छलफलमा बताउनु भएको छ ।
नगर उप प्रमुख अञ्जु दहितका अनुसार महान शहिद तथा वेपत्ता योद्धाहरुको सपना भनेको कतिखेर राजतन्त्र फाल्ने र गणतन्त्रको स्थापना गर्ने र पछाडी परेको वर्ग र समाजको मुक्तिको लागि अगाडी बढने वहाँहरुको सपना थियो । बर्दिया जिल्लामा हुकुम दास थारु, वेद प्रसाद थारु, कृष्ण थारु, बिष्णु पोख्रेल लगाएत ६४१ जना शहिद र वेपत्ता हुनु भएको जानकारी दिनु भएको थियो ।
शहिदहरुले देखाएको सपना गरिव वर्ग, मेहनती वर्गको लागि र पछाडी परेको समाजको लागि औषधी उपचारको कुरागरिरहनु भएको थियो, भने औषधी उपचारको लागि पनि स्वास्थ्य चौकीहरु प्रत्येक वडामा निर्माण गरेर अगाडी बढाईरहेको र शहिद आर.सी.थारु मेमोरियल नगर अस्पताल नामाकरण गरी संञ्चालन गरेकाछौं । यसै गरी शिक्षामा पनि लगानी लगाएर अगाडी बढनु पर्छ गरिव वर्गले एउटा स्कूलको अनुहारै देख्न नपाएको समाज छ, त्यो समाजलाई हामीले स्कूल देखाउनु पर्छ र वहाँहरुलाई शिक्षादिक्षा दिएर अगाडी बढाउनु पर्छ भन्ने कुरा शहिदहरुले राख्नु भएको थियो । सोही अनुसार हामीहरुले शहिदकै नामबाट बिष्णु धनि बहुप्राविधिक शिक्षा पनि संञ्चालन गरेकाछौं । र शहिदहरुकै नामबाट नामाकरण गरी बारबर्दिया नगरपालिकामा ७ वटा बाटोको स्थापना र पार्कहरु निर्माण गरिरहेकाछौं भन्दै उप प्रमुख दहितले भेटघाट तथा छलफलमा बताउनुु भएको हो ।
साँच्चिनै बारबर्दिया नगरपालिकाले जनयुद्धका शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली, वेपत्ता पारिएका परिवारजन र घाईते तथा अशक्तहरुलाई सम्मान गर्ने, कोरोना भाईरस कोभिड–१९ को महामारीमा गणतन्त्र स्थापनाका निम्ति बलिदान गर्ने बारबर्दियाका विरशहिद, वेपत्ता योद्धाका परिवारहरुलाई डाक्टर सहितको टोली घर–घरमा गई भेटघाट गर्ने, स्वास्थ्य परिक्षण गर्ने र हाईजिनिक किट बितरण गरी सहयोग गर्ने कार्यहरु पनि गर्दैआईरहेको छ ।