निषेधाज्ञाका कारण समस्यामा परेकालाइ राहत सहयोग

संजय आचार्य – बर्दिया / विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले गर्दा लामो समयदेखी मुलुक लकडाउनको अवस्थामा छ । यसले गर्दा दैनिक ज्याला गरी छाक टार्ने वर्गलाई समस्या भएको छ ।
अमेरीका,अष्ट्रेलीया , बेलायत लगायत र नेपालमा रहेका केही युवा साथिहरु मिलेर आफ्नो व्यक्तिगत खर्चमा लक डाउनका कारण समस्यामा परेकालाइ राहत सहयोग गरेका छन् ।
काठमाण्डौ महानगपालीका को आरुबारी, मेडीकल कलेज र कलंकी आसपासका क्षेत्रमा २९ घरपरीवार लाइ करिब ३ हजार ५ सय वरावरको दाल चामल तेल चाउचाउ लगाएतका खाधान्न सामाग्री वितरण गरिएको एकजना टोलीका समाज सेवी युवा, भवानी गुरुङ्गले बताउनु भएको छ ।
अमेरीकामा रहेका मेरा साथिहरु एनसन लामा, रेकेश बज्राचायर्, तेन्जीङग लामा,गौब गुरुङ्ग लगाएतका टिमले नेपालमा रहेका शृजना लिम्बु,लहामीन मोक्तान, र अमीत संग सामाजीक संजालमा छलफल गरी स्हयोग गर्ने कुरा भएपछी आफू ले सक्दो सहयोग गर्ने भएपछी हामीले सहयोग गरेको गुरुङ्गले बताउनुभयो ।
आफूले संस्थागत नभएर ब्यक्तीगत सामाजीक संजालमा साथीभाइहरु संग मिलेर सहयोग गरेको र आफ्नो व्यक्तिगत खर्चमा चामल, दाल, नुन लगायतका रहत सामाग्री बोकेर हाम्रो टिमले ज्यालादारी,मजदर र बिपन्न परिवारलाई छाक टार्न समस्या भएपछि खाद्यान्न वितरण गरेको अमेरीका क्यालोफोनी या वस्ने एनसन लामाले बताउन’ भएको छ ।
यस्तो समयमा आफहले सहयोग पाएकोमा आफुहरुलाइ धेरै सहयोग मिलेको र अहिलृेको अवस्थामा केही काम नपाएको स्थानिय बताउछन ।