साहित्य

यसको दश गात्रगर्छू

– दुर्गा प्रसाद सिग्देल

(वसन्ततिलका)
रोगी समान घरमा कसरी म बस्नु ।
आफन्त सम्म घरगाउँ हुँदैन पस्नु ।
आयो कहाँर कसरी मत छक्क पर्छू ।
कोरो बिना म यसको दशगात्र गर्छू ।

कोही हुदैन घर गाउँ छ शून्य जस्तो ।
एक्लो भए सरहकोछ बसाई यस्तो ।
पापिष्ट कोभिद भयो म परास्त गर्छू ।
कोरो बिना म यसको दशगात्र गर्छू ।

छोपेर मूख यश छेउ कता बसौं म ।
यी दर्दका सकलबात बसी गरौं म ।
यस्को कुकर्म मन बाट भनि रहेछू ।
कोरो बिना म यसको दशगात्र गर्छू ।

दुःखी–दरिद्र कसरी उपचार गर्छ ।
हूँने छ ज्यून मनमाफि प्रयास गर्छ ।
कोभिदका पिडितको म सियार गर्छू ।
कोरो बिना म यसको दशगात्र गर्छू ।

ढाकेर नित्य भवमा जन त्राहि पार्दै ।
आयो समग्र जनमा रिपु प्राण हर्दै ।
हेरेर बिध्न म त दर्शक मात्र पर्छू ।
कोरो बिना म यसको दशगात्र गर्छू ।

बालो न बृद्ध न त बिज्ञ कुनै भनेन ।
सारा उपाय अरु वैद्य अझै गनेन ।
हे बिज्ञ ज्ञात हरु मा म गुहार गर्छू ।
कोरो बिना म यसको दशगात्र गर्छू ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button