Uncategorizedबिचार

के छ योगमा फाईदा ?

७ औं अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भ

पूर्णचन्द्र सिग्देल

महासंघले जुममार्फत देशभरका पत्रकारलाई योग अभ्यास गराउने

योगमा धेरै फाईदा छ र त अहिले योगको महत्व एवं आकर्षण दिन प्रतिदिन विश्वमै बढ्दै गैरहेको छ । विश्वका चर्चित एवं असाध्यै व्यस्त हुनै पर्ने व्यक्तिहरुले योगलाई थोरै समय भए पनि दैनिकीमा राखेको पाईन्छ । आफुलाई स्वनियन्त्रणमा राख्न र कामको बोझलाई कम गर्न एवं तनावबाट मुक्त रहन अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, भारतका प्रधानमन्त्री नरेन्द्र दामोरदास मोदी, नेपालकै प्रधानमन्त्री केपी शर्मा ओली, उद्योगपति विनोद चौधरी हुदै नेपालका शिर्ष तहका नेतादेखि कलाकार, व्यापारी एवं उच्चतहका व्यक्तिहरुले पनि योगलाई अंगालेको पाईन्छ । प्रायजसो अहिले के देखिन्छ भने जो व्यक्ति व्यस्त हुन्छन र रहन चाहन्छन उनिहरुले नै योगलाई महत्व दिएको पाईन्छ । केही व्यक्ति भने मानसिक र शारिरिक रुपमा विक्षिपत बनेपछि कसैको सहारा लिएर योग गर्न थालेपछि मात्र योगलाई आफ्नो दैनिकीमा जोडेको पाईन्छ ।

योगका प्रणेता भगवान शिव हुन भन्ने प्रमाणहरु प्रशस्त जुटिसकेको छ । दैवी युगमा भगवान शिवसंग जोडिएका हरेक कृयाकलापलाई गहन अध्ययन गर्ने र शिवसंग सम्बन्धित धामिक पुस्तकहर अध्ययन गर्ने हो भने उनका जीवनी सहितको सबै कृयाकलाप हेर्दा चौरासी लाख योगासनका प्रणेता उनै हुन भन्ने कुराको पुष्टि हुन्छ । त्यसो त महर्षि पतञ्जली भगवान शिवकै एक रुप हुन पनि भनिएको छ । भगवान श्रीकृष्णले पनि यौगिक कर्मलाई व्यवहारिक जीवनमा प्रयोग गर्नु भएको कुरा श्रीमद्भागवतमा प्रष्टै रुपमा बताईएको छ । यसरी ऋषि महर्षिहरुले नेपालको हिमाली हिमश्रृंखलाबाट शुरु गरेको हुनाले एवं भगवान शिव, कृष्ण र ऋषिमुनीहरुले योग गर्ने र यसको उपयोग गरेको देखेर यसलाई हिजोको दिनमा योगलाई हिन्दुवादीहरुले मात्र गर्ने भनेर गैर हिन्दुहरुबाट प्रचार गरिए पनि अहिले त्यो मान्यता तोडिईएको छ । योग अहिले सबै जाती र सम्प्रदायको रोजाईमा परेको छ । सबै धर्मका गुरुहरुले योगलाई आफ्नो विहानीको दैनिकीमा राखेर आफुलाई स्वस्थ्य राख्ने काम शुरु गरिसकेका छन् । जसले मन्त्र साधनालाई भन्दा योगासनलाई प्राथमिकतामा राखेर आफ्नो स्वास्थ्यको ख्याल गरिरहेका छन् । योग धर्मका लागि हैन, स्वस्थ्यका लागि हो त्यसैले सबै उमेर, जात र धर्मका व्यक्तिले सजिलै र सहजै गर्न सक्छन् ।

निरन्तर योगाभ्यास गर्नाले हाम्रो शरिरका बाहिरी र भित्री सबैखाले अंगहरुलाई सक्रिय बनाउँदछ । अंगहरुलाई सकृय राख्नु भनेको कमजोर हुन नदिनु हो । अंगहरु जती सक्षम हुन्छन् उतीनै काम गर्न सक्षम हुन्छन । शारिरिक अंगहरु सक्रिय बनाई राख्न विभिन्न प्रकारका योगासन र प्राणायामको भूमिका महत्वपूर्ण हुन्छ । निरन्तर र नियमित योग गर्ने व्यक्तिको शारिरिक बनावट देख्ने बित्तिकै थाहा पाउन सकिन्छ । केही मान्छेले जाँगर चलेको समयमा एकैदिन लामो अभ्यास पनि गर्ने र त्यसपछि लामो समयसम्म नगर्ने बानी फाईदाको सट्टा हानी पु¥याँउछ । शुरुको अवस्थामा त साधारण अभ्यास पनि गार्हो हुनु स्वभाविकै हुन्छ । हाम्रो शरिरले कति सम्म सहन वा बहन गर्न सक्छ त्यत्ती मात्र गर्नु पर्छ । जब जव बानी पर्दै जान्छ तव तव योगाभ्यास पनि बढाउँदै जानु पर्छ । निरन्तर योग गर्नाले थकाई, आलस्यपन, चिन्ता र तनाव जस्ता विषयलाई टाढै राख्न मद्दत गर्दछ ।

अहिले नेपालमा योग शिक्षकको उल्लेख्य मात्रामा बढीरहेका छन् । पतञ्जली, मनोक्रान्ति, पातञ्जल लगाएत झण्डै दर्जन संघ संस्थाले योग साधनाका कक्षाहरु चलाएका छन् । कतिपय ति योगसाधना केन्द्रमा निःशुल्क सिकाईन्छ भने कतिपय ठाँउहरमा न्यूनतम शुल्कमा र व्यवसायीक रुपमा चलाईएका योग साधना केन्द्र तथा मसाज वा प्राकृतिक उपचार केन्द्रमा अली महंगो पनि पर्न सक्छ । त्यस्ता सबै खाले योग केन्द्रहरुमा योगासनका कुराहरु मात्र हैन, आयुर्वेदको उपयोगिता तथा खानपानबाट जिवनलाई कसरी स्वस्थ्य राख्न सकिन्छ भन्ने विषयमा पनि जानकारी गराईन्छ । प्रकृतिले उपहारको रुपमा दिएको वस्तुलाई जस्ले नियमानुसार खानपानलाई सन्तुलनमा राख्छ त्यही मान्छे नै स्वास्थ्यमा धनी हुन्छ भनेर हाम्रो आयुर्वेदले बताएकै छ । योगासन तथा परम्परागत आयर्वेदिक उपचारले क्षणिक लाभ भन्दा पनि दिर्घकालिन निरोगिता तर्फ लैजान मद्दत गर्दछ । त्यसो त एलोपेथिक उपचारबाट निको हुन नसकेको बिरामी आयुर्वेदिक उपचार र योगाभ्यासले पूर्ण रुपमा निको भएर पुनः आफ्नै काममा फर्केको उदाहरण हाम्रा गाउँघरमा प्रशस्त छन् ।

अहिले विश्व नै स्वास्थ्यमा आई परेको महामारीको समस्याले अक्रान्त छ । सम्पन्न र बिकासको वादशाह हूँ भन्ने देशले पनि हार खानु पर्याे । केभिड १९ को अगाडी घँुडा टेक्नै प¥यो । देशव्यापी रुपमा तिब्र गतिमा फैलिएको कोरोनाका कारण हरेक देश बन्दाबन्दी (लकडाउन) गर्न बाध्य भयो । स्वास्थ्यका विज्ञको भनाईलाई आधार मान्ने हो भने विगतको भन्दा यो वर्षको कोभिड नयाँ रुप सहित सक्तिशाली भएर आएको र आउने वर्ष अर्कै रुपमा झन सक्तिशाली हुन सक्ने बताएका छन् । यसले के संकेत गर्दछ भने यो संक्रमण छिट्टै यो ब्रम्हाण्डबाट जानेवाला छैन । यो विभिन्न समयमा विभिन्न र झन बिकसित रुपमा विश्व भ्रमण गरिरहने छ । अब हामीले कोरोनालाई हेरेर मात्र हुदैन यस अगाडी आएका ठुला ठुला महामारीमा पनि धेरै नागरिकले ज्यान गुमाउनु परेको थियो । समयक्रमसंगै यस्ता महामारी आईरहन्छन । महामारी राज्यको काबुबाट बाहिर गयो भने उचित उपचार कसैको पनि नहुन सक्छ । त्यसैले माहामारीमा आफ्नो ज्यान आफंैले जोगाउने हो । त्यस्तो अवस्था नआउनु त राम्रो हो तर आयो भने बाँच्नका लागि आफु सक्षम हुनु पर्दछ । सक्षम भनेको हरेक रोगलाई पराजित गर्ने गरी आफ्नो शरिरलाई स्वस्थ राख्ने हो । यसका लागि नियमित योगाभ्यास र खानपानको शैलीमा सुधार गरे मात्र पुग्छ ।

लेखक नेपाल योग खेलकुद संघ काभ्रेको अध्यक्ष हुनुहुन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button