कृषि

असार महिना

यो असार महिना फुर्सद छैन, म किसानी छोरोलाई ।
बिहानै उठी घाँस पराल दिन्छु खेत जोत्ने गोरुलाई ।।
सालभरी खाना रोप्नलाई धान, काम गर्छु खेतमा आई ।
हली र बाउसे म आफै गर्छु खेतमा पानी लगाई ।।

गाउँका दिदी र बहिनी धान रोप्न भनी पर्म आउछन ।
छुपु र छुपु धान रोप्दै खेतमै असारे गितहरु गाउछन ।।
खेतमै खाजा खाएर सबले एक आपसमा रमाउछन ।
दिदी र बहिनी,साथी र संगी भेट हुनपाउने खुशीको कस्तो क्षण ।।

रोपेर धान सकेको दिन घरमा हाम्रो मैदारो खानु छ ।
खै कस्तो भयो रोपेको धान खेतमा फेरी हेर्नलाई जानु छ ।।
खेतको धानमा झारपात आए बर्षामा पनि भिजेरै गोडनु छ ।
केही दिन पछि मौषमको पनि अवस्था हेरी मल,जल छोडनु छ ।।

मानो रोपेर मुरी उमार्ने महिना, घाम र पानी क्यै पनि भन्दिन ।
अल्छि गर्दिन अहिले परिश्रम गर्नु छ मैले, लाज पनि मान्दिन ।।
सिकेको यही पुर्खौंदेखी यो किसानी पेशा अरु केही जान्दिन ।
किसान बनि परिवार पाल्छु, घमण्ड अनि गुनासो गर्दिन ।।

यो असार महिना फुर्सद छैन, म किसानी छोरोलाई . . . . . . . . . .

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button