साहित्य

हरि बिजोग

✍️भेषराज सिग्देल “बोमाली”
बादलले ढाक्यो बस्ती ,अन्धकार भो चारैतिर
बाढीपैरो,भूचाल पल्क्यो,किनहोला यतैतिर
न त हाँस्न दिएको छ,नत बाँच्न नै दिएकोछ
निदाउनै त्राहिमाम छ,न सुस्ताउनै दिएकोछ!!१!!
सबैको चैन लिएकोछ,ठूलै तनाव दिएकोछ
डरै डर भो सबैतिर ,यसैले रगत पिएकोछ
मुस्कुराउन पाको छैन ,हाँस्न पनि देकोछैन
दशैं आयो,तिहार आयो,तैपनि दौरा सेको छैन!!२!!
चेलीबेटीहरु बोलाउन ,नाताकुटुम्ब जुटाउन
मिहिनेतको कमाईले,,खुसीको मूल फुटाउन
पाएको छैन ढुक्क भइ ,कुरा बुझ्न,देउता पुज्न
हर बखत तयारीमा ,भाग भन्दा दौडिन कुद्न!!३!!
उकालो चढ्नुपर्ने हो कि,ओरालो झर्नुपर्ने होला
डाँडा काट्नुपर्ने हो कि,तर्नुपर्ने हो यहाँ खोला
मुटु ढक्क फुलेकोछ ,भयको बाली झुलेकोछ
बाँचिन्छ कि भन्ने आसा,हल्का आकाश खुलेकोछ!!४!!
नदिनाला उर्लेकोछ, डाँडापाखा पहिरेकोछ
तराईको बस्तीमा त्यस्तै ,घरगोठ पौडेकोछ
आफ्नो ख्याल राख्ने हो कि,राख्ने सम्पत्तिको
बालबच्चाको बिचल्ली ,हेर बिजोग दम्पतीको !!५!!
चन्द्रनिगाहपुर ,रौतहट ,नेपाल

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button