आर्थिकस्थानीय

ठाकुरबाबा न.पा.को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न

ठाकुरबाबा न.पा.को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न

होमेन्द्र थापा
बर्दिया । ठाकुरबाबा नगरपालिकाले वार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नगरपालिकाले बर्षभरी आर्थिक, सामाजिक र भौतिक विकासका कार्यहरु, आय व्यय तथा प्रभाव गरिएको सेवाको बारेमा जनप्रतिनिधि, राजनितिक दाल, विभिन्न संघ÷संस्था लगाएत संञ्चारकर्मीहरुसंग कार्यक्रमगर्दै नगरको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिका नगर प्रमुख घननारायण श्रेष्ठले सबै पार्टीभन्दा माथी उठेर काम गर्नु पर्छ । संरचनागत विकास गर्ने, नितिगत विकास गर्ने, सुशासन सम्बन्धि विकास गर्ने हाम्रो अभिभारा हो भनेर लागेको र सबै वडा कार्यालयहरु आफ्नै भवनमा बनेको, बार्षिक रुपमा निति, योजना बनाएर अगाडी बढेको र ४० वटाभन्दा बढी निति,ऐन कानुन बानएको कुरा बताउनु भयो । ठाकुरबाबा नगरपालिकामा राजनितिक दलहरुले जे सहयोग गर्नु भएको छ । यो अपेक्षा गरेकोभन्दा पनि बढी छ । नेपाली काँगे्रस, ने.क.पा. माओवादी, रा.प्र.पा. लगाएतका दलहरुको राम्रो सहयोग छ । भोली म जनप्रतिनिधिभन्दा बहिर भएभने यसरी नै सहयोग गर्न सक्छु की सक्दैन भन्ने चिन्ता छ मलाई भन्दै चिन्ता समेत व्याक्त गर्नु भएको छ । साथै सहभागी संञ्चारकर्मीहरुलाई सुझाव र सल्लाहा दिनु भएकोमा धन्यवाद दिदै संञ्चारकर्मीहरुबाट उठेका प्रश्न र जिज्ञासा बारे पनि नगर प्रमुख श्रेष्ठले प्रष्ट पार्दै जिज्ञासा मेटाउनु भएको थियो ।
यसै गरी नगर उपप्रमुख कृष्णा कुस्मा थारुका अनुसार ठाकुरबाबा नगरपालिकामा अन्य पालिकामाभन्दा भ्रष्टाचार कम छ । तर पनि नितिगत भ्रष्टचार छ । अहिले सम्म सरकारको हरेक कार्यालयमा नितिगत भ्रष्टचार छ । भ्रष्टचार रोक्न र महिला प्रतिनिधित्व र नेतृत्वको लागि पनि सबैको भूमिका हुनु पर्ने कुरा बताउनु भएको थियो । ठाकुरबाबामा यदी उपप्रमुखले मिलोमतो र १ रुपैया पनि भ्रष्टचार गरेको भए भूरिगाउँ चौरहामा फाँसी दिए पनि फाँसीमा झुन्डिन तयाररहेको कुराहरु राख्दै आफ्ना गुनासाहरु पोख्नु भएको थियो ।

उक्त कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम हरी रिजालले नगरपालिकाले गरेको विकास पुर्वाधार आर्थिक लागतको बारेमा प्रस्तुत गर्नु भएको थियो । कोभिड–१९ को महामारी तथा निषेधाज्ञा, नगर अस्पताल र वडाका गौरवका आयोजनाहरुको बहुवर्षिय ठेक्का भएकोले आ.व.२०७७÷०७८ मा नै सम्पन्न हुन नसकेकोले, केही योजनाहरु सम्पन्न भएका तर भुक्तानी दिना बाँकी रहेकोले र बलाती सहिद स्मृति जैविक पार्कको ठेक्का भएको तर सम्झौता भई कार्य सुचारु भएकोले पुँजिगत खर्च कम भएको कुरा जानकारी गराउनु भएको थियो । भने आर्थिक बर्ष २०७८÷०७९ प्रस्तावित वजेट रु.७५ करोड,७४ लाख,३० हजार,३ सय २४ रुपैया, चालु बजेट ३८ करोड, २० लाख, ९८ हजार, ७ सय ९७ रुपैया र पुँजिगत बजेट ३७ करोड, ३५ लाख, ३१ हजार ५ सय २७ रुपैया रहेको कुराहरु जानकारी गराउदै निति तथा कार्यक्रम, बजेट र योजनाको बारेमा प्रस्तुतीगर्दै कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।
ठाकुरबाबा नगरपालिकाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु पुर्व वडा न.५ र वडा न. ७ मा बनेको वडा कार्यालय भवन, वडा न. ४ मा बनेको पिच सडक, वडा न. ७ मा विउ बैंक, वडा न. ३ मा निर्माणधिन अवस्थामा रहेको १५ बेडको अस्ष्पताल, वडा न.१ को त्रिभूवन नमुना माध्यामिक विद्यालय, वडा न. ९ मा पिकनिक स्थलमा बनेका दुई वटा भवन, कृषि सम्बन्धि बाख्रा पालन र बंगुर पालन गरेका किसानहरुको घरमा पुगी संयुक्त टोलीले स्थलगत अवलोकन गरिएको थियो । भने सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिमा नगर प्रमुख घननारायण श्रेष्ठ, अतिथिमा उपप्रमुख कृष्णा कुश्मा थारु, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम हरी रिजाल, वडा अध्यक्षहरु, वडा सदस्यहरु, पालिकाका शाखा प्रमुखहरु, संञ्चारकर्मीहरु लगाएत अन्य कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button