Uncategorizedप्रबिधि

राष्ट्रिय प्रतिस्पर्धामा प्रान्जल ज्ञवाली प्रथम

बर्दिया : राष्ट्रिय विज्ञान प्रतिभा प्रतिस्पर्धामा बर्दियाका प्रान्जल ज्ञवाली प्रथम भएका छन् । आर्थिक वर्ष ०७७-७८ का लागि विज्ञान शिक्षक समाजले आयोजना गरेको विद्यालय स्तरिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान प्रतिस्पर्धामा बढैयाताल गाउँपालिकास्थित श्री भगवती संस्कृत तथा साधारण माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत ज्ञवाली उत्कृष्ट भएका हुन् ।

पहिलो चरणमा सातै प्रदेशका २/२ जनाका दरले १४ जना प्रतिस्पर्धीले केन्द्रिय प्रतिस्पर्धामा विज्ञान प्रतिभायुक्त परियोजना प्रस्तुत गरेका थिए । परोपकार माध्यमिक विद्यालयको आइसीटी कक्षमा आयोजित प्रतिस्पर्धामा आफूले बनाएको स्मार्ट होम प्रर्दशनी गरेको प्रथम सहभागी प्रान्जल ज्ञवालीले बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डाक्टर सुरेश कुमार ढुँगेलको भौतिक उपस्थितीमा ५ सदस्यीय विज्ञ सहभागी मूल्यांकन समितिले प्रतिभा मूल्यांकन गरेका हुन्।

अन्तिम स्पर्धाबाट ज्ञवाली प्रथम भएका छन् । श्री होराईजन माध्यमिक विद्यालय कपिलवस्तुका अनुसन्धान पोखरेल द्वितिय, श्री आदर्श माध्यमिक विद्यालय विराटनगरकी श्रेता पोखरेल तृतिय र श्री पध्मकन्या माध्यमिक विद्यालय काठमाडौंकी स्विकृति वास्तोला चतुर्थ भएकी छिन् ।

उत्कृष्ट विद्यार्थीहरुलाई असोज १ गते राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार नगद, प्रमाणपत्र र सम्मानसहित पुरस्कृत गरिने समाजले जनाएको छ । प्रर्दशनिमा देशैभरबाट १ सय भन्दा बढी विज्ञान शिक्षक र विद्यार्थीहरु सहभागी भएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button