कृषि

बर्दियामा ३५ हजार २ सय हेक्टर धान खेतीमा क्षति

गुलरिया : बर्दिया, लगातार परेको पानी र हावाले बर्दियामा लगाइएको धान बालीमा ठूलो क्षति पुगेको छ । आईतबार देखि परेको पानी सँगै चलेको हावाका कारण ३५ हजार २ सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।

एकीकृत कृषि तथा पशुपक्षी बिकास कार्यालय बर्दियाका अनुसार जिल्लामा धानले ओगटेको क्षेत्रफल ५० हजार २ सय ५० हेक्टर रहेकोमा १० हजार हेक्टर क्षेत्रफलमा काटेको धानमा नोक्सानी पुगेको छ, भने नकाटेको खडा बालीलाई हावाले ढालेर २५ हजार २ सय क्षेत्रफलमा नोक्सानी पुगेको छ ।

बर्दिया जिल्लाका किसानहरूले सुरक्षित कटान १५ हजार ५० हेक्टरमा गरेको एकीकृत कृषि तथा पशुपक्षी बिकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।

समाचार तयार पार्दा सम्म काटेको धानमा भएको क्षति १९.९ प्रतिशत पुगेको छ भने सुरक्षित कटान २९.९५ प्रतिशत रहेको कार्यालयका बागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button