सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः ईन्दिरा सुबेदी सर्बसहम्मत

होमेन्द्र थापा
बर्दिया, सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुलरिया नगर पालिका वडा न.६ बर्दियाको अध्यक्षमा पुनः ईन्दिरा सुबेदी सर्बसम्मत रुपमा चयन हुनुभएको छ ।
सहकारीको सनीवार गुलरियामा भएको १३ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा ईन्दिरा सुबेदी, उपाध्यक्षमा सविता शर्मा, सचिव खुमा कुमारी पोख्रेल, कोषाध्यक्ष सरस्वती ज्ञावली सदस्यहरुमा जहुरा धोवी, तिलसरा परियार, सुमित्रा चौधरी, विनिता चौधरी, लक्ष्मी खडका, भगवती भुसाल र सुनिता अधिकारी गरी ११ जनाको कार्यसमिति सर्वसहमतीबाट गठन भएको हो । साथै लेखा समितिमा संयोजक निर्मला मैनाली, सदस्यहरुमा गायत्री खनाल र लिला कुवार गरी ३ सदस्य लेखा समिति गठन भएको छ ।
सहकारीको १३ औं साधारण सभा राष्ट्रिय सहकारी महासंघ केन्द्रिय सदस्य लक्ष्मी प्रसाद शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन शत्र गरिएको हो । उदघाटन शत्रकै कार्यक्रममा सहकारी संस्थामा नियमित वाल बचत गर्ने श्रेया कडेल, रोही धोबी, सुम्निमा के.सी., शुष्मा के.सी, रोजित तिमिल्सिना, समृद्धि पौडेल, हार्दिक प्रसाद शर्मा र सुप्रिति थारु गरी ९ जना बालबालिकाहरुलाई सम्मान स्वरुप टिका र माला लगाईदिएर बचतको लागि खुत्रुकी, कापी र पेन्सिल लगाएतका मायाको चिनो तथा उपहार दिएर सहकारीले सम्मान तथा सहयोग गरेको थियो ।
कार्यक्रममा सहकारीका सवल पक्षहरु, सहकारीका समस्य र चुनौतिहरुको वार्षिक प्रगति विवरण अध्यक्ष सुबेदीले प्रस्तुत गर्नु भएको थियो । २०७८ सम्म १४ वटा समितिहरु गठन भईसकेको छ । र यस सहकारीको कोषमा गत आर्थिक बर्षमा जगेडा कोष रु.१६२३६८०.५७ र २०७७÷०७८ मा जगेडा कोष रु.१८१८३७६.३१ र जगेडा कोष अन्य कोषहरु गरि जम्मा गत वर्षको रु.८६३४३४.४० थियो भने हाल यस वर्ष रु. १०६४००१.४० रकम भएको पनि जानकारी गराउनु भएको थियो ।
सहकारीका अध्यक्ष ईन्दिरा सुबेदीको अध्यक्षतामा भएको उदघाटन सत्र कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ केन्द्रिय सदस्य लक्ष्मी प्रसाद शर्मा,अतिथिहरुमा जिल्ला सहकारी महासंघ उपाध्यक्ष नेत्र सापकोटा, गुलरिया नगरपालिका महिला विकास शाखा प्रमुख शिला शाह, बहउद्देश्यीय जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष मेघराज सिग्देल, दर्पण कृषि सहकारी संस्थाका अध्यक्ष सुमित्रा चौधरी, लगाएत विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु र बुद्धिजिविहरुको सहभागीता रहनुको साथै सहकारीको शुभ कामना मन्तव्य समेत राख्नु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागत सहकारीकै सदस्य गौरादेवी शर्माले गर्नु भएको थियो ।