बर्दियामा १८ बर्षभन्दा माथीका नागरिकलाई कोभिड–१९ बिरुद्धको खोप लगाईदै

होमेन्द्र थापा, बर्दिया । बर्दियामा १८ बर्षभन्दा माथीका सबै नागरिकलाई कोभिड–१९ बिरुद्धको खोप लगाईने भएको छ । खोप सम्वन्धमा मंगलबार गुलरियामा संचारकर्मी तथा स्वास्थ्य कार्यालय बर्दियाका विच अन्तरक्रिया कार्यक्रम गरि जानकारी दिईएको हो ।
कोभिड–१९ विरुद्धको खोप लगाएका नागरिकहरुलाई जोखिम कम हुने भएकाले अभियानलाई सफल बनाउन १८ बर्ष भन्दा माथिका बर्दियाका सम्पुर्ण नागरिकहरु खोप लगाउन नछुटुन भनि अभियान संचालन हुन लागेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरिले जानकारी दिनु भएको हो। उक्त अभियान राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा कार्तिक २९ गते देखि सुरु भैसकेको र बर्दियाका अन्य ६ वटा पालिकामा मंसिर ८ गते देखि अभियान संचालन हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बर्दियामा हालसम्म कोभिडका कारण २ सय ३८ जनाले ज्यान गुमाईसकेका छन् । बर्दियामा हालसम्म कोभिड–१९ को पहिलो खोप १ लाख १६ हजार ३ सय १७ जनाले र दोस्रो खोप १ लाख १ हजार ४ सय ९७ जनाले लगाइसकेको स्वास्थ्य प्रमुख गिरिले बताए । एस्ट्राजेनिका खोप अभियान गुलरिया,बारबर्दिया, बाँसगढी, मधुवन,ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकामा२०७८ मंसिर ८ गते देखी १८ गतेसम्म दिने भएको छ ।
नागरिकहरुमा जनचेतनाको कमि, खोप सामाग्री व्यवस्थापन, वृद् तथा अशक्तको व्यवस्थापन र कुनै पनि व्याक्ति नछुटाउने गरी संञ्चालन लगाएतका प्रमुख समस्याहरु रहेको गिरीको भनाई थियो । कोभिड विरुद्धको खोप एस्ट्राजेनिका खोप पहिलो डोज लगाएको ८ हप्ता भित्र दोस्रो डोज खोप लगाउनु पर्ने चिकित्सकको भनाई छ । कोभिड खोप अभियान मंसिर ८ देखि १८ गते सम्म बर्दियाका सम्पुर्ण वडाहरुमा संचालन हुने भएकाले १८ बर्ष देखि माथिका सम्पुर्ण नागरिकहरुले खोप लगाई आफु र समाजलाई सुरक्षित राख्ने अभियानमा सहयोग गर्न स्वास्थ्य कार्यालय बर्दियाले आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यको अध्यक्षता तथा स्वास्थ्य प्रमुख गोकर्ण गिरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
तपाइको मत