ग्लोबल आइएमइ बैंकद्धारा नागरिकलाई वित्तिय साक्षरता

होमेन्द्र थापा
मंसीर, १४ गते,गुलरिया
बर्दियामा ग्लोबल आइएमइ बैंकले आम ग्राहकलाई डिजिटल बैकिङ्ग सम्बन्धि साक्षरता जगाएको छ । ग्लोबल आइ।एम।इ बैंकले संचालन गरेको मोबाईल एप्स मार्फत घरमा प्रयोग गरिदै आएको सेवा सुविधाको भुक्तानी कसरी गर्ने विषयमा जाकारी गराइएको थियो । विजुलीको विल, केबलको भुक्तानी, लगायत मोबाइल बाटै आर्थिक करोबार गर्ने विषयमा जानकारी गराइएको थियो । पछिल्लो समय बढ्दै गएको प्रविधिको प्रयोगलाई आत्मसात गदै ग्राहकका लागी घरै बसी बसी विभिन्न आर्थिक करोवार गर्न सकिने बताइएको छ । बैंक तथा कार्यलयमा नगई ग्लोबल आइ।एम।ई बैंकको मोबाइल एप्स बाट जहाँ बाट भएपनि आर्थीक कारोबार गर्ने सक्ने उद्धेश्यले ग्राहकलाई सचेतना दिइएको ग्लोबल आइ।एम।इ बैंक लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले बताउनुु भयो ।
आम ग्राहकलाई डिजिटल बैकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रममा बैकका केन्द्रिय डिजीटल बैङ्किगं व्यवस्थापक निकिताराज भण्डारी र केद्रिय प्राविधिक निराजन श्रेष्ठले सहजीकरण गर्नु भएको ग्लोबल आइ।एम।इ वैंक शाखा कार्यलय गुलरियाका प्रमुख सुरेशराज पौडेले जानकारी दिनु भयो । ग्लोबल आइ।एम।इ बैंक शाखा कार्यलय गुलरियाको आयेजना र बैंकको लुम्बिनी प्रदेश कार्यलयको समन्वयमा भएको उक्त साक्षरता कार्यक्रममा भएको हो । करिब १ सय ५० जना स्थानियको सहभागीता रहको थियो । यस्तै बर्दिया जिल्लाको ठाकुरबाबा नगरापलिकाको भुरिगाउँ बजारमा रहेको शाखाले पनि उक्त साक्षरता कार्यक्रम गरेको छ । जहाँ करिब ८० जनाको सहभागीता रहेको ग्लोबल आइ।एम।ई बैंक लुम्बिनी प्रदेश कार्यलयको ऋण÷असुली शाखा प्रमुख राजेश सिंहले जानकारी गराउनु भयो ।