
बर्दियामा टाईफाईड रोगीको मृत्युदर र अपाङ्गतादर न्युनीकरणका लागि १ लाख भन्दाबढी बालबालिकालाई टाईफाईड रोग विरुद्धको खोप दिईने भइको छ ।
आउदो २३ गते देखी २८ गतेसम्म १५ महिना देखी १५ बर्ष मुनीसम्मका बालबालिकालाई टाईफाईड रोग विरुद्धको खोप दिन लागिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा सोमवार संचारकर्मीहरुसंगको अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्दै गिरीले नेपाल सरकारले अभियानकै रुपमा देशभर एकै चरणमा २०७८ चैत्र २५ गते देखी २०७९ बैशाख १८ गते भित्र सम्पन्न गर्ने राष्ट्रिय खोप समितिको निर्णय भएता पनि बर्दियामा भने बिविध कारणबश आउदो २३ गते देखी २८ गतेसम्म खोप अभियान गर्नु परेको कुरा राख्नु भएको थियो । बर्दियाका ३०३ वटा विद्यालयमा संञ्चालन हुने खोप केन्द्र र ७५वटा स्वास्थ्य संस्था केन्द्र गरी जम्मा ३७८ वटा खोपकेन्द्रहरुमा १ लाख २८ हजार बालबालिकालाई टाईफाईड रोग विरुद्धका खोप लगाईने गिरीले जानकारी दिनु भएको हो ।
ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग टाईफाईड जुनसकै उमेर समुहका व्याक्तिहरुमा हुने तर १५ बर्ष मुनिका बालबालिकामा संक्रमण र रोगको जटीलता उच्च हुने, लक्षणहरुमा उच्च ज्वरो आउने, जाडो हुने पसिना आउने, टाउको दुख्ने, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्ने,पेट दुख्ने,पखला लाग्ने वा कब्जियत हुने, शरिरमा हल्का विमिराहरु आउने, सुख्खा खोकी लाग्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने लगाएतका लक्षण देखिन्छ । बिस्तारै सानो आन्द्रमा घाउ हुने, रगत बग्ने र प्वाल पर्ने, शरिरका विभिन्न भागमा संक्रमण फैलिएर असर देखिने र मस्तिस्क सम्बन्धि जटिलताहरु पनि देखिन्छ । भने संक्रमित व्याक्तिको दिसाबाट, दुषित भएको खाना र पानीबाट रोग सर्ने सम्भावना बढी हुन्छ । पाटन एकेडेमी फर हेल्थ साईन्सले गरेको एक अध्ययन अनुसार प्रति १ लाख जनसंख्यामा १ हजार ६२ मा टाईफाईड संक्रमण भएको र १५ बर्ष मुनीका प्रति १ लाख जनसंख्यामा १० हजार ९ सय ६० जना व्याक्तिलाई टाईफाईड संक्रमण भएको पाईएको छ ।
नेपालमा टाईफाईड रोगको संक्रमण र जोखिमको उच्च दरको अवस्थामा रहेको छ । बहुबर्षिय खोप योजना (सन २०१७–२०२१) अनुसार राष्ट्रिय खोप कार्यक्रममा क्रमशः नयाँ खोपहरु समावेश गर्दै जाने योजना अनुसार थप खोपको रुपमा टाईफाईड विरुद्धको खोप पनि नियमित खोपको आर्थिक बर्ष २०७८|०७९ मा शुरुवात गर्न लागिएको कुरा उक्त अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी र जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले जानकारी गराउनु भएको थियो ।