कृषि

बर्दियामा बैशाख ६ गते देखी कृषि गणना हुने

होमेन्द्र थापा

बर्दियामा २०७९ बैशाख ६ गतेदेखी जेष्ठ १९गते सम्म कृषि गणना हुने भएको छ । विहीवार जिल्ला कृषि गणना शाखा बर्दियाले आयोजना गरेको सचेतना गोष्ठिमा सहजीकरण गर्दै कार्यालय प्रमुख दान बहादुर ऐडीले कृषि गणना हुने बताउनु भएको हो ।


ऐडीका भनाई अनुसार देशभर १३ हजार ५ सय ७५ कृषि गणना क्षेत्रमा ३ लाख ५० हजार परिवारमा कृषि गणना हुने, बर्दिया जिल्लामा २ सय ४ वटा स्थानहरु गणना क्षेत्रको लागि छनौट भएको, ७२ जना गणक, १२ जना सुपरिवेक्षक र ७ जना कर्मचारी खटिने र कृषि गणनाको लागि पहाडका जिल्लाहरुमा ४ आना तराईका जिल्लाहरुमा ८ धुर क्षेत्रफलमा बाली लगाएको हुनु पर्ने, कम्तिमा १ वटा गाई,भैसी जस्ता ठुला चौपाया पालेको हुनु पर्ने, कम्तिमा ५ वटा भेडा, बाख्रा जस्ता साना चौपाया पालेको हुनु पर्ने र पाउ चल्ला गरी कम्तीमा २० वटा पाल्तु पंक्षी कुखुरा हाँस पालेको हुनु पर्ने लगाएतका ४ वटा मापदण्ड बनाईएको जानकारी गराउनु भयो ।
गोष्ठिमा बोल्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले चुनावको माहौलमा जिल्लामा तथ्यांङ्क संकलन गर्न गणकले विशेष ध्यान दिनु भएको हुदा गणकलाई विशेषरुपले प्रशिक्षीत गरि पठाउनु पर्ने कुरामा जोड दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी बस्तोलाको अध्यक्षतामा भएको गोष्ठिमा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आर्चाय, नागरिक समाज संञ्जाल बर्दियाका संयोजक बालकृष्ण वली, गैससका अध्यक्ष बिष्णु तिमिल्सिना लगाएतले मनतव्य राख्नु भएको थियो । भने कार्यक्रममा विभिन्न कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बर्दियाली संञ्चारकर्मीहरुको पनि सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button