
बर्दिया, बर्दियाका ७ वटा संघ÷सस्थाहरुले स्थानीय तहको निर्वाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिताको माग राखी राजनितिक दलहरुलाई ध्यानकर्षण पत्र बुझाएको छ ।
“समग्र विकासको अवरोध, जातिय तथा लैंङ्गिक विभेद” भन्ने मुल नाराको साथ दलित महिला संघ (ँभ्म्इ) बर्दियाको आयोजनामा मंगलवार गुलरियामा भएको स्थानीय तहको निर्वाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिता बिषयक अन्तरक्रिया कार्यक्रममा दलहरुलाई ध्यानकर्षण पत्र बुझाईएको हो ।
कार्यक्रममा सहभागी राजनितिक दलका पदाधिकारीमा नेपाली काँग्रेश पार्टीका जिल्ला सचिव जग्गा प्रसाद पाण्डे, नेपाल कम्युनिष्ट पार्टी ऐमाले जिल्ला कमिटीका उपसचिव टिका समसेली, नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादी जिल्ला कमिटीका उपाध्यक्ष दिल बहादुर के.सी.ले आफ्ना भनाईहरु राख्दै कार्यक्रम समय शानदर्भिक रहेको र पिछाडीएको वर्गलाई उठाउन र अगाडी बढाउन सदैव लाग्नेछौं । र दलित महिलाहरुको भावनालाई कदर गर्दै स्थानीय तहको निर्वाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिताको लागि आफ्नो पार्टीमा प्रस्ताव लैजाने र छलफल गर्ने मौखिक प्रतिबद्धताको साथ ध्यानकर्षण पत्र ग्रहण गर्नु भएको थियो ।
गुलरिया नगरपालिका उपमेयर सुशिला गिरीले सक्नु हुन्छ भने मेयर वा वडाध्यक्ष पदमा दावी गर्नुहोस उपमेयरमा दावी नगर्नुहोस । के महिला मात्र उपमेयर हुनु पर्छ भन्नु छ ? भन्ने प्रश्न गर्दै महिला सहभागीहरुलाई अनुरोध गर्नु भएको थियो । महिलाहरुलाई जिम्मेवारी नदिने काम गर्न सक्दैनन भनेर नापन गर्ने पितृसतात्मक सोच भएको पढे लेखेका बौद्धिक पुरुषहरुछन । बजेट बनाउने रातारात बजेट चेन्ज हुने उपमेयरले बजेट बहिस्कार ग¥यो भने धम्किपुर्ण दवावपुर्ण भाषा बा्ल्ने गरेको भोगाई सुनाउनु भयो । वडा न.७ की जनप्रतिनिधि उर्मिला ताम्रकारले जनप्रतिनिधि भएर ५ बर्ष सम्म केही पनि गर्न सकिएन दुखमय रहेयो । जुन नारा लिएर भोट माग्न गएको थिए एउटा पनि नारा अनुसारको काम गर्न सकेन भन्दै आफ्ना गुनासो राख्नु भएको थियो ।
गुलरिया नगरपालिका कार्यपालिका सदस्य भारती कुमारी सुनारले धेरै प्रस्ताव राखियो हाम्रो केही सुनुवाई भएन । वडामा पनि दलितको कार्यक्रम छुट्टाउदा तपाईहरु दलितको मात्रै जनप्रतिनिधि हो ? भन्ने प्रश्न आयो । विभिन्न पार्टीबाट आएको हामी दलित महिला भएर हाम्रो एकरुक्ता नभएको र धेरै कुरा लागु हुन नसकेको हुदा एकरुक्ता हुने कुरामा जोड दिनु भएको थियो ।
अघिल्लो निर्वाचनमा ६५ सय ६७ जना दलित महिलाहरु वडा सदस्य हुनु भएता पनि केवल नामको लागि मात्र दलित महिलाहरुको नाम जोडिएका तर खासै जिम्मेवारी र भुमिकामा नरहेका भन्दै यस पटकको स्थानीय तहको निर्वाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिताको माग राखी राजनितिक दलहरुलाई ध्यानकर्षण गराउने र दावव दिने उद्देश्यका साथ जिल्लामा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले बताउनु भएको हो ।