स्थानीय

बर्दियामा २७ औं वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमको साथ समापन

होमेन्द्र थापा

बर्दिया, “मानव वन्यजन्तु सह– अस्तित्व, हाम्रो साझा दायित्व” भन्ने मुल नाराको साथ बर्दियामा २७ औं वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रम गरी समापन भएको छ ।


बुधवार प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बस्तोलाको अध्यक्षतामा भएको सरोकारवालाहरुसंग अन्तरक्रियात्मक कार्यक्रममा कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुर बर्दियाका संरक्षण अधिकृत विनय कुमार झाले वन्यजन्तु सप्ताह नेपालमा पर्वको रुपमा मनाउने गरेको कुरा राख्दै कृष्णसारको अवस्था, सवल पक्ष, चुनौति र गरीएका प्रयासहरुको बारेमा जानकारी गराउदै सहजीकरण गर्नु भएको थियो । अन्यत्र रहेको कृष्णसार चिडीया खानासरी खोरमा रहेको छन । तर प्राकृतिक रुपमा रहेको खैरापुरको कृष्णसारलाई संरक्षण गर्न सकेन भने अबको १० बर्षमा कृष्णसार लोप भएर जान सक्ने सम्भावन रहेको हुदा कृष्णसार संरक्षणमा सबैको सकारात्मक सोच, पहल र सहयोगको लागि संरक्षण अधिकृत झाले अनुरोध गर्नु भएको हो ।
कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले लोप भईसकेको कृष्णसारलाई (संख्या वृद्धि) यो अवस्थामा ल्याउनुमा वडा वासीहरुको ठुलो भुमिका रहेको हुदा वडा वासीहरुलाई धन्यवाद दिदै कृष्णसार चोरी शिकारी शुन्य छ यो अत्यन्तै सवल पक्ष वा खुशीको कुरा सुन्न परेको बताउनु भयो । अझै पनि यहाका नागरिकहरुको दायित्व सकिएको छैन अतिक्रमणलाई व्यवस्थापन गर्नु पर्छ । नेपाल सरकारले यहाको नागरिकहरुको हकहितको लागि हुने उपयुक्त निर्णय गर्छ भने हामी कार्यन्वयन गर्नेछौं भन्ने कुरामा जोड दिनु भएको थियो ।


उक्त अन्तरक्रियात्मक कार्यक्रममा कृष्णसार संरक्षण क्षेत्रमा विगतका बर्षहरुमा करार क्षेत्रमा कर्मचारी पदमा रही काम गरेका पुर्व कर्मचारीहरु जसले कृष्णसार संरक्षण र व्यवस्थापनमा महत्वपुर्ण योगदान दिएका अवध राम चमार, हरि राम यादव, रुपेश यादव, विनोद कुमार यादव, राजेश कुछबधिया लगाएतका महानुभावहरुलाई संरक्षण अधिकृतबाट खादा ओढाएर र प्रमुख जिल्ला अधिकार बस्तोलाबाट कदर पत्र हस्तान्तरण गराउदै निजहरुलाई सम्मान गरिएको थियो ।
यसै गरी बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्धाराले पनि वन्यजन्तु सप्ताहको अन्तिम दिन ठाकुरद्धारामा जैविक विविधता संरक्षण सम्बन्धी सञ्चारकर्मीहरुसंग छलफल तथा संवाद कार्यक्रमको आयोजना गरेको थियो । भने कार्यक्रममा प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जैविक विविधता संरक्षण सम्बन्धी सञ्चारकर्मीहरुसंग छलफल तथा संवादको क्रममा जानकारी दिदै सहजीकरण गर्नु भएको थियो ।

 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button