स्थानीय

गुलरियाको विकास र समृद्धिको धरोहर युवा नेता गेहेन्द्र ढकाल

जीवनी

युवा नेता गेहेन्द्र प्रसाद ढकालको जन्म विक्रम संम्बत २०४२÷०२÷२६ गते सल्यानको कोटमौला गाविस हाल बाघचौर नगरपालिकामा भएको थियो । उनी माधव ढकाल र लिला ढकालकी जेठो सुपत्र हुन । हाल बर्दिया गुलरिया नगरपालिका वडा न.४ बस्ने प्रतिभाका धनी ढकालले एम.ए.एम.एड कानुन अध्ययन गरेकाछन ।

ढकाल २०६३ सालदेखी अनेरास्ववियु क्रान्तिकारीबाट त्रिभुवन विश्व विद्यालय समितिको अध्यक्ष तथा ईन्चार्जको जिम्मेवारी भुमिकामा रहेर काम गर्नु भयो । यसरी वहाले काम गर्दैजाँदा संगठनकै केन्द्रिय सचिवलय सदस्य समेतको जिम्मेवारीमा रहेर काम गरिसकेकाछन । २०७२ सालको नेपाल भारत नाकाबन्दिको समयमा त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सामुहिक मेस संञ्चालन गरी खाना खुवाउन सहयोग गर्नु भयो । २०६९ सालमा जनपक्षय संविधान निर्माण गर्ने सवलमा र २०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदम प्रतिनिधि सभा विघटनको विरुद्धमा जिल्ला र केन्द्र स्तरको विभिन्न आन्दोलनको अगुवाई गर्नु भएको छ । २०७२ सालकै भुकम्प पश्चात विभिन्न जिल्लाका विद्यालयहरुमा गई पुनं निर्माण गर्ने कार्यको समेत नेतृत्व गरेकाहुन । २०७४ सालको बाढी पश्चात बर्दियाको गुलरियाको विभिन्न वडाहरुमा राहात वितरणमा सहयोग र योगदान दिनु भएको छ । विद्यार्थी हकहितका निम्ति एकदशक निरन्तर संघर्ष गरेकाछन ।प्राय सबैजसो खेलमा उनको राम्रो अनुभव छ । २०६२÷०६३ सालमा राष्ट्रिय स्तरका फुटवल खेल प्रतियोगितामा अञ्चलको तर्फदेखी प्रतिनिधित्व गरेका थिए । सितोरियो कराँतेको ब्ल्यक बेल्ट प्राप्त गरेका ढकालले खेल जगतमा राम्रो भूमिका निर्भाह गरे वापत धेरै पटक सम्मानित हुदै पुरस्कारहरु पनि प्राप्त गरेकोछन । सानै उमेरदेखी अन्यायको विरोध गर्ने निडर, सामाजिक कार्यहरुमा पनि उत्तिकै रुची राख्ने ढकालले अन्यायमा परेका निमुखा जनताहरुको पक्षमा वकालत गर्दैआईरहेकाछन ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button