स्थानीय

सामाजिक कार्यमा कुशल र अव्बल नेत्री ईन्दिरा सुबेदी

जीवनी

महिला नेत्री, ईन्दिरा सुबेदीको जन्म २०१७÷०४÷१६ गते अर्घाखाँची खिदीममा भएको हो । उनी पितम्वर उपाध्य र गोमाता देवि उपाध्यको साईली सुपुत्री हुन । हाल बर्दिया गुलरिया नगरपालिका वडा न.६ लक्ष्मण टोल बस्ने सुबेदीले बी.ए. सम्मको अध्ययन गर्नु भएको छ ।

२०४० सालदेखी २०६८ सालसम्म कृषि विकास बैंकको शाखा अधिकृत पदबाट स्वईच्छिक अवकास लिएका हुन । कर्मचारी रहदा कर्मचारीहरुको संगठन पेशागत महासंघको केन्द्रिय सदस्य रहनु भएको थियो । २०६५÷०६६ सालमा टोल विकास समितिको अध्यक्ष र वडा नागरिक मञ्चको संयोजकको भूमिकामा रहदै गुलरिया वाईपास सडक र गोलपार्क निर्माण समितिको सचिव भई निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्नु भयो । गुलरिया खाने पानी उपभोक्ता समितिको दुई कार्यकाल सचिव पदमा रही काम गर्नु भयो । बबई क्याम्पस विकास समितिको सदस्य समेत रहनु भएका सुबेदीले लैङ्गिक हिंसामा परेका महिलाहरु विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी वकालत गर्ने सहयोग गर्ने र २०७२÷०७३ मा अपाङ्ग असक्तहरुलाई राहात वितरण गर्ने लगाएतका सामाजिक कार्यहरु गर्नु भएको छ । २०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरुद्धमा जिल्ला स्तरको आन्दोलन र महिला हिंसा विरुद्धको विभिन्न आन्दोलनको अगुवाई गर्नु भएको छ ।

सामाजिक कार्यहरुमा रुची राख्ने सुबेदीलाई २०६१ सालमा कृषि विकास बैंकले २०७५ सालमा जिल्ला सहकारी संघले राम्रो काम गरे वापत पुरस्कृत र सम्मान गरेको हो । २०३६ सालमा पार्टी सदस्यता लिनु भएकी सुबेदीले २०६३ सालमा जिल्ला कमिटी सदस्य हुदै हाल सुनौलो महिला विकास बहुउद्देश्य संस्थाको दोस्रो कार्यकाल अध्यक्ष, जिल्ला सहकारी संघको सदस्य र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button