
बर्दियाका पत्रकार तथा संचारकर्मीहरुले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता गरेकाछन ।
संवाद समुह बर्दियाको आयोजनामा मंगलवार गुलरियामा पत्रकार तथा संचारकर्मीहरुको भुमिका बिषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्ने तथा कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी कृष्ण कुंवरले पत्रकार तथा संचारकर्मीहरु राज्यको चौथो अंग भएको र निर्वाचनलाई शान्तिपुर्ण, भयरहित र निस्पक्ष रुपमा सम्पन्न गर्नको लागि संचारकर्मीहरुको भुमिका महत्वपुर्ण रहेको हुदा संचारकर्मीहरुले आचारसंहिताको पालना गर्दै सहयोग गर्न अनुरोध गर्नु भयो । संचारकर्मीहरु संग सम्बद्ध स्थानीय तह निर्वाचन आचारसंहिताहरु जस्तै कुनै पनि राजनितिक दलका उम्मेदवार वा प्रतिनिधीबाट रकम वा आर्थिक सहयोग लिन नपाईने । कसैको पक्ष विपक्षयमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने । जातजाती,पेशा, धर्म, सम्प्रदाय, लिंङ्ग, र क्षेत्र सम्बन्ध र सदभावपुर्ण रुपमा राजनितिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने समाचार प्रकाशन वा प्रसारण गर्न नुहने । राजनितिक दल वा उम्मेदवारको निर्वाचन प्रचार प्रसारको लागि निशुल्क वा प्रयोजित विज्ञापन प्रकाशन, प्रसारण वा संप्रेशन गर्न नहुने । आयोगले दिएको समय सिमाभन्दा बढी नहुने गरी राजनितिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धि विज्ञापन प्रकाशन वा प्रसारण वा सम्प्रेशन गर्ने, यसरी प्रकाशन भएको विज्ञापनमा सशुल्क विज्ञापन भएको जनाउनु पर्ने । तर मौन अवधीको समयमा त्यस्तो विज्ञापन प्रकाशन वा प्रसारण र सम्प्रशन गर्न नपाईने । कसैको पक्ष वा विपक्षयमा एसएमएस, फेसबुक, टुईटर, भाईवर,युटुव जस्ता विधुतियमाध्ययम प्रयोग गरी कुनै पनि सामाग्री प्रकाशन, प्रसारण वा सम्प्रेशन गर्न तथा त्यस्ता सामाग्री सामाजिक संञ्जालमा सेयर, लाईक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने । सुचनाको स्रोतको गोपनियता भंग गर्न नहुने । राजनितिक दाल वा उम्मेदवार वा उम्मेदवारको एकका घरका परिवारका सदस्यको मान, प्रतिष्ठा, ईज्जतमा आँच आउने तथा गलत भ्रामक समाचार प्रकाशन वा प्रसारण गर्न नहुने लगाएतका संचारकर्मीहरु संग सम्बद्ध आचारसंहिता बारे अधिकारी कृष्ण कुंवरले जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा सहभागी संचारकर्मीहरुले संचारकर्मीहरु संग सम्बद्ध स्थानीय तह निर्वाचन आचारसंहिताहरु नभएता पनि संचारकर्मीहरु संग सम्बद्ध आचारसंहिताको पालना गरीरहेको र अब बैशाख ३० गते सम्म संचारकर्मीहरु संग सम्बद्ध स्थानीय तह निर्वाचन आचारसंहितालाई पनि पालना गर्ने र अन्य राजनितिक दल वा उम्मेदवारहरुलाई पनि आचारसंहिता पालना गर्न गराउनको लागि पहल गर्ने प्रतिबद्धता जनाएकाछन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आर्चाय, जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डे, जिल्ला निर्वाचन कार्यालय बर्दियाका निर्वाचन अधिकारी कृष्ण कुंवार र बर्दियाली पत्रकार तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।